सोमवार, मंसिर १३, २०७८
spot_img

प्रधानमन्त्रीमा नियुक्त देउवा, राष्ट्रपति कार्यालयमा सपथको तयारी

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

deuba and prachanda

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको र साँझ ६ बजे सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले लोकपथलाई जानकारी दिएको छ । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको र साँझ ६ बजे सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनासहित विपक्षी गठबन्धनका उम्मेद्वार देउवालाई प्रधानमन्त्री बनाउनेबारे परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् । योसँग देउवा ५ औँ पटक प्रधानमन्त्री बनेका छन् । विशेष परिस्थितीमा प्रधानमन्त्री बनेका देउवाले अबको एक महिनामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारमा सामेल हुने माओवादी केन्द्र तर्फका मन्त्रीहरुको अन्तिम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले देउवासँग भेटघाट गरि त्यसबारे छलफल गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार