शानदार ब्याटिङ पाकिस्तानको बावजुद इङ्ल्यान्डद्वारा सिरिज ‘क्लिन स्विप’

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा शानदार ब्याटिङको बावजुद ३ विकेटले पराजय भोगेको छ। ***भिडियो हेर्न तल क्लिक गर्नु ***

‘बर्मिङ्घम’मा खेलिएको तेस्रो एकदिवसीय खेलमा इङ्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३१ रनको विशाल लक्ष्य तयार गरेको थियो।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक १५८ रनको पारी खेलेका थिए। आफ्नो ८३ एकदिवसीय खेलमा उनले पहिलो पटक १५० रनको कीर्तिमान पूरा गरेका हुन्। त्यस्तै उप-कप्तान मोहम्मद रिजवान र ओपनर इमाम-उल-हकले क्रमशः ७४ र ५६ रनको योगदान दिएका थिए। इङ्ल्यान्डका लागि तिब्र गतिका बलर ब्राइडन कार्सले सर्वाधिक ५ विकेट लिंदा सकिव महमूदले ३ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा ३३२ रनको विशाल लक्ष्य इङ्ल्यान्डले २ ओभर बाँकि रहँदै ७ विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डका लागि जेम्स भिन्सले सर्वाधिक १०२ रनको योगदान दिए भने अल राउन्डर लुइस ग्रेगरीले ७७ रनको पारी खेलेका थिए। पाकिस्तानका लागि तिब्र गतिका बलर हरिस राउफले सर्वाधिक ४ विकेट बटुल्दा धेरै जसो बलर महँगा सावित भएका थिए।

यस जितसँगै इङ्ल्यान्डले पाकिस्तानलाई तीन एकदिवसीय खेलको शृंखलामा ३-० को ‘क्लिन स्विप’ गरेको छ। खेलमा इङ्ल्यान्डका जेम्स भिन्स ‘म्यान अफ दि म्याच’ घोषित भए भने सकिव महमूद ‘म्यान अफ दि सिरिज’ चुनिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X