युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने भएको छ । अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा इटाली र अर्जेन्टिनाबीच ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुन लागेको बताइएको छ ।

मैत्रीपूर्ण खेलबारे औपचारिक घोषणा भने भएको छैन । तर, मैत्रीपूर्ण खेलका लागि यूईएफए र कोन्मेबोलबीच छलफल भईरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । यस्तै ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो ।

बार्सिलोनाका नयाँ अध्यक्ष योहान लापोर्ता स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमै राख्ने उद्देश्यममा सफल भएका छन् । यो सिजनको अन्त्यसँगै सम्झौताबाट मुक्त भएका मेस्सी र बार्सिलोनाबिच नयाँ सम्झौतामा सहमति भएसँगै लापोर्ताको कठिन उद्देश्य पूरा भएको हो ।

नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने छन् । गएको सिजन बार्सिलोना छोड्न चाहेर सम्झौतामा रहेको शर्तका कारण असफल भएका मेस्सीको नयाँ सम्झौता अनुसारको पारिश्रमिक विगतको भन्दा आधा छ ।

कोपा अमेरिका फुटबलको उपाधि जितेपछि अहिले मेस्सी बिदामा छन् । बार्सिलोनासँगको नयाँ सम्झौताको विस्तृत विवरण अझै सार्वजनिक भएको छैन । तर नयाँ अध्यक्ष लापोर्ताको मेस्सीलाई राख्ने प्रयास सफल भएको छ । उनले अध्यक्षको चुनावमा मेस्सीलाई जान नदिने आफ्नो प्राथमिकत वाचा बनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X