झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ। कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो। ***भिडियो हेर्न तल क्लिक गर्नु ***

डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ। संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन आग्रह गरिएको हो।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी सकिएको नठान्न सचेत गराएका हुन्। उनले कोरोना महामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्।

नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिएको छ। आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ।

खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट” ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ। यसअघि अरु ६७औँ देशले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप लगाउने अनुमति दिएका थिए भने अधिकांशले प्रयोग पनि गरिसकेका छन्।

स्पुतनीक भी प्रयोग गर्दै आएका देशहरूले यो खोप धेरै प्रभावकारी र विश्वसनीय भएको विवरण पठाएको पनि रुसी अधिकारीहरूले जानकारी दिएका छन्। विभिन्न परीक्षण तथा सर्वेक्षणहरूले पनि स्पुतनीक भीको प्रभावकारीता र विश्वसनीयता उच्च रहेको देखाएका छन्। धेरै देशमा पटक पटक परीक्षण गरेर सकारात्मक नतिजा आएपछि मात्रै यो खोप प्रयोगका लागि अनुमति दिएको हो।

कोरोनाभाइरसको महामारी न्यूनीकरण गर्न यो खोपको ठूलो योगदान रहेको पनि रुसी अधिकारीहरूले दाबी गर्दै आएका छन्। अफ्रिकी देशहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियाले समेत स्पुतनीक भी खोप लगाउने भएपछि यो खोपका उपभोक्ताहरूको सङ्ख्या ठूलो हुने रुसी अधिकारीहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X