Viber Community
Nop Ads

प्रधानमन्त्री देउवा आज शुभसाइत खोजेर बालुवाटार सर्दै

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) सरकारी निवास बालुवाटार सर्ने भएका छन्। देउवा बिहान १०ः ३ बजेको शुभसाइतमा निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। ***भिडियो हेर्न तल क्लिक गर्नु ***
देउवा गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए। ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्। गत जेठ र असारमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका एकपछि अर्को संवैधानिक गल्ती र कमजोरीको ओलीनिकट एमाले नेताहरुले विश्लेषण गर्न थाल्नुभएको छ । बेला घर्केपछि दैलो देखेको भनेझैँ सत्ताच्युत भएपछि मात्रै उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले ओली सरकार बचाउन सक्नुहुन्थ्यो भन्दै त्यस्तो निचोड निकाल्नुभएको बताइन्छ ।
बालकोटनिकट एकजना नेताका अनुसार संविधानको धारा ७६ (४) लाई बाइपास गरेर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढ्दा अहिलेको सत्ता दुर्घटना भएको हो । उक्त धारालाई छाडेर धारा ७६ (५) बमोजिम अघि बढ्न खोज्दा राष्ट्रपतिले त्यसो नगर्नुस्, विश्वासको मत लिएर प्रक्रियासम्मत ढंगले अघि बढ्नोस् भनिदिएको भए एमाले अध्यक्ष ओली राजनीतिक स्खलन हुनबाट बच्ने उहाँहरुको बुझाई हो ।
छलफलमा सहभागी एकजना एमाले नेताले भने, ‘यता एमालेभित्रको विवाद पनि समाधान उन्मुख थियो । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पनि उहाँसँगै थिए । विश्वासको मत लिएर गएको भए त्यहि उपधाराबमोजिम सरकारको नेतृत्वमा बसिरहनुहुन्थ्यो । तर, त्यसबारे न ओलीले जान्नुभयो,न शीतल निवासले सतर्क गरायो । अहिले उत्तानो भएपछि मात्रै सबैको होस् खुल्दै गएको देखिन्छ ।’
अदालतको फैसलापछि राष्ट्रपति कार्यालय शीतल निवासले मंगलबार साँझ प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको सूचनामा संविधानको धारा र उपधारा नतोकेपछि पनि ठूलै लफडा भयो । साँझ ६ बजेलाई तोकिएको शपथ ग्रहण समारोह धकेलिएर साढे ८ बजे पुग्यो । सूचना नसच्याए पनि शपथ ग्रहणको व्यहोरामा संविधानको धारा ७६ (५) बमोजिम लेखेपछि शपथ खाने र खुवाउने तयार भएका हुन् ।
तर,संविधानको रक्षा गर्ने राष्ट्रप्रमुखले राजनीतिक दलका नेता तथा कार्यकर्ताले झैँ पेलेरै जाने भाषा प्रयोग गर्दै सूचना प्रकाशित गरेपछि अहिले शीतल निवासको साखमा थप पहिरो गएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशबमोजिम शीतल निवास चलेको भन्ने आरोपलाई मंगलबारको सूचना र शपथ ग्रहण समारोहमा देखिएका अस्वाभाविक दृश्यले प्रमाणित गरेको काँग्रेसीहरुले नै पुष्टि भयो भन्न थालेका छन् ।
संविधानका जानकार तथा एक जना एमाले नेताका अनुसार सर्वोच्च अदालतको फैसलामा देउवाको दावी ठीक,प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति कार्यालयको जवाफ बेठीक भन्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न भनिएको हो । त्यो भनेको धारा ७६ (५) नै हो । तर केटाकेटीपन वा उरण्ठेउलो पाराले सम्मानित निकायबाट जारी गरिएको सूचनामा सर्वोच्च अदालतको फैसलाबमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्नु नै राष्ट्रपति कार्यालयबाट गम्भिर गल्ती भएको हो । त्यो भाषा एमालेको पनि केपी ओलीलाई ‘बा’ भन्ने कार्यकर्ताले भन्ने गरेकोभन्दा माथि उठ्न नसकेको प्रमाण हो ।
आफू जनादेशप्राप्त र अर्को नेता परमादेशप्राप्त भनेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो भनेझैँ राष्ट्रपतिले पनि त्यहि आशयको भाषामा सूचना जारी गर्दा सम्मानित संस्था विवादमा परेको बताइन्छ । त्यसपछि मंगलबारको शपथ ग्रहण समारोहमा भर्खरै शुरु भएको एउटा प्रचलन केपी शर्मा ओलीले तोड्नुभएको छ । नयाँ प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्री सँगै बस्ने र शपथ ग्रहणपछि नयाँ प्रधानमन्त्री राष्ट्रपतिको बायाँतर्फ बसेर सत्ता हस्तान्तरण गरेको सन्देश दिने गरिएको थियो । तर, यसपटक केपी शर्मा ओलीले शीतल निवासको त्यो सबै दृश्य बालुवाटारको सरकारी निवासमा बसेर टेलिभिजनमा हेर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search