अमेरिकाको खोप आजदेखि देशभरका सबै स्थानमा लगाईँदै, काठमाडौँमा ४४ वटा खोप केन्द्र निर्धारण

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाईँदैछ। अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन लागिएको हो।

खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेक देशभरका सबै स्थानमा जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। अमेरिकाले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोपको १५ लाख ३४ हजार ८५० मात्रा उपलब्ध गराएको हो। सो खोप असार २८ गते काठमाडौँ आइपुगेको थियो।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

जोन्सन एण्ड जोन्सन खोपका लागि काठमाडौँमा ४४ वटा खोप केन्द्र निर्धारण गरिएको छ। आउँदो बुधबारसम्म यो खोप लगाइने छ। खोप card बनाउनु होस – Apply Online for Coronavirus (covid19) Vaccine in Nepal https://youtu.be/iQ0DNRY5Vm8

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X