spot_img

खाेप केन्द्रहरुकाे अनुगमन गर्दै प्रधानमन्त्री देउवाले आज

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार कोरोना भाइरसविरुद्धको खोप अभियानको विभिन्न खोप केन्द्रमा पुगेर अनुगमन गर्दै छन्। सरकारले कोभ्याक्स अन्तर्गत अमेरिकाबाट सहयोग स्वरुप प्राप्त भएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिँदैछ।

प्रधानमन्त्री देउवाले अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल तथा लेगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका खोप केन्द्रहरुको अवलोकन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाईँदैछ। अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन लागिएको हो।

खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेक देशभरका सबै स्थानमा जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। अमेरिकाले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोपको १५ लाख ३४ हजार ८५० मात्रा उपलब्ध गराएको हो। सो खोप असार २८ गते काठमाडौँ आइपुगेको थियो।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। जोन्सन एण्ड जोन्सन खोपका लागि काठमाडौँमा ४४ वटा खोप केन्द्र निर्धारण गरिएको छ। आउँदो बुधबारसम्म यो खोप लगाइने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार