२४ घण्टामा २४४५ कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणबाट १ हजार ६४२ जनामा र ३ हजार ८३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ। यसैगरी गत २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X