spot_img

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा गरेको छ । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

उक्त आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

विक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको हो । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीको प्रधान कार्यलय पोखरा सिमलचौरमा रहेको छ । कम्पनीले हालसम्म २० ओटा जिल्लामा लघुवित्त व्यवसाय प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ ।

आईपीओ निष्कासन पछि पूँजी रू. १६ करोड पुग्नेछ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ करोड २९ लाख नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा नाफा गत आवको तेस्रो त्रैमासमा २२३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड ९४ लाख ४२ हजार नाफा कमाएको थियो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा रू. ४ करोड ६० लाख ८८ हजार खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. २६ करोड ६३ लाख ८७ हजार सञ्चित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार