९ वर्ष सलमानसंग प्रेममा रहेकी पूर्व प्रेमिकाले सलमानवारे यस्तो कुरा खुलाएपछि फेरी चर्चामा

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमीका फेरी एक पटक चर्चामा छन् । उनले सलमान र आफ्नो प्रेमका बारेमा केही कुरा खुलासा गरेकी छन् । उनी अहिले पनि अविवाहित नै छन् । करिब ९ वर्ष सलमानको प्रेममा रहेकी उनले अहिले भने उनले प्रेम छुटेकोमा कुनै पछुतो मानेकी छैनन् । उनी पछिल्लो ५ वर्ष देखि सलमानसंग सम्पर्कमा नरहेको बताएकी छन् ।

सलमानको थुप्रै नायीकाहरुसंग नाम जोडियो । तर उनको पूर्व प्रेमिका सोमी अलीसंग लामो समय प्रेममा रहे । सलमान आफ्नो फिल्मका अलावा अफेयर्सको कारण पनि चर्चामा आइरहन्छन् । उनको प्रेम जिवनमा कहिले उनले धोका खाए भने कहिले उनलाई धोका दिए । सलमानको नाम बलिउड अभिनेत्री रहिसकेकी सोमी अलीसँग पनि जोडिएको छ । सलमान र सोमी अली ९ वर्षसम्म प्रेममा थिए । तर उनीहरुको प्रेम पनि दिगो रहन सकेन ।

हालै अभिनेत्रीले सलमानसँगको प्रेमका बारेमा सार्वजनिक गरेपछि उनी चर्चामा आएकी छन् । उनी गत ५ वर्षदेखि सलमानसँग सम्पर्कमा नरहेको बताउँछिन् । उनले भनेकी छन्, उनीसँग टाढा हुन ठिक भयो । थाहा छैन उनको कति गलफ्रेन्ड रहे होलान् ।

उनी अगाडी खुलेर बताउँछिन्, म पछिल्लो ५ वर्षदेखि सलमान खानसँग कुरा गरेको छैन । मलाई लाग्छ जीवनमा अगाडी बढ्न जरुरी छ । हामी सन् १९९९ मा अलग भएका थियौं । मलाई थाहा थिएन त्यसपछि पनि उनको कति गलफ्रेन्ड रहे होलान् । मलाई यो सम्म थाहा छ कि उनको एनजीओ बिइङ ह्युमन फाउन्डेशनले राम्रो काम गर्दैछ । मानसिक रुपमा पनि सलमानसँग सम्पर्क नराख्नु नै मेरो लागि उत्तम हुन्छ ।

सोमी अली र सलमान खानको सम्बन्धको सुरुवात फिल्म बुलन्दको सेटबाट भएको थियो । सलमान खानसँग सम्बन्धमा रहेकी सोमी अली ४५ वर्षसम्म पनि अविवाहित छिन् । सोमीले बलिउडमा सैफ अली खान, मिथुन चक्रवर्ती र सुनील शेट्टीजस्ता स्टार कलाकारसँग पनि काम गरिसकेकी छन् । ९० को दशककी अभिनेत्री सोमी अली फिल्मी क्षेत्रबाट टाढा रहेर विदेश फ्लोरिडामा बस्दै आएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X