ओली सरकारलाई सन् २०२२ सम्म खोप दिन सकिन्न भनेको भारतले देउवालाई तत्काल खोप दिने प्रतिवद्धता

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सन् २०२२ सम्म कोरोनाको खोप दिन सकिन्न भन्दै जवाफ दिएको भारतले अब छिटै खोप दिने प्रतिवद्धता जनाएको छ । एमाले सरकारले खोपका लागि अग्रिम भुक्तानी दिएर पनि भारतले खोप उपलब्ध गराएको थिएन ।

१० लाख डोज खोपको लागि नेपालले अग्रिम भुक्तानी दिइसकेको छ । तर प्रधानमन्त्री शेरवहादुर देउवालाई भने भारतले खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।

राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिसकेर पनि भारतले देउवालाई औपचारीक बधाई दिएको थिएन । आइतवार देउवाले संसदवाट विश्वासको मत लिएपछि भारतीय प्रधानमन्त्री मोदीले औपचारीक बधाई दिएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X