सोमवार, मंसिर १३, २०७८
spot_img

माधव नेपाललाई सरकारमा सहभागी हुन प्रचण्डको आग्रह

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता लिने तयारीमा लागेका छन्। त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरुसँग छलफल गर्ने तयारी गरेका छन्।

सानो आकारको मन्त्रिपरिषद गठन गरेर कार्यसंचालन गरिरहेका देउवाले सरकारलाई पूर्णता दिने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको सक्रिया बढेको छ। प्रचण्डले मगलबार विहान एमाले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन्। देउवालाई विश्वासको मत दिएका नेपाल समूहलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी गराउन चाहेका छन्। सोही विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान नेपाल निवास कोटेश्वर पुगेका थिए।

‘आज विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उहाँसँग (माधव नेपाल) भेट गर्न भएको हो। तर विषयवस्तुका विषयमा भने जानकारी भएको छैन,’ एमाले नेता नेपालका स्वकीय सचिव मोहन गौतमले डिसी नेपालसँग भने। स्रोतका अनुसार प्रचण्डले नेपालसँग प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहेको र सरकारमा नेपाल समूहको पनि सहभागिता होस भन्ने चाहेको बताएका थिए। नेपाल समूहकै सहयोगमा संसद जोगिएको दाबी गर्दै प्रचण्डले सरकारमा सहभागी हुने आग्रह गरेका थिए।

जवाफमा नेता नेपालले सरकारमा सहभागी हुने वा नहुने विषयमा आफ्नो समूहभित्र छलफल गरेर मात्र निर्णय लिइने बताएका थिए। नेता नेपालसँगको भेटपछि प्रचण्ड सिधै बालुवाटार पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्डले सरकार विस्तारका विषयमा छलफल गरेका छन्। एमाले नेता नेपालसँग आजं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि भेट गरेका थिए। उनीहरुले सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार