अध्यक्ष ओलीले सोधेको स्पष्टिकरण बैशाखको धुपमा पिसाव फेरे जत्तिकै होः मेटमणी चौधरी

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

माधव नेपाल समुहका सांसदले भने केन्द्रिय कमिटीले सोमबार सोधेको स्पष्टिकरण नदिने निर्णय गरेको छ । ओली समुहको केन्द्रिय कमिटीले सोधेको स्पष्टिकरणको औचित्य नभएको भन्दै आफुहरु स्पष्टिकरण नदिने माधव समुहका सांसद मेटमणी चौधरीले बताए । उनि भन्छन्, ओलीले सोधेको स्पष्टिकरण बैशाखको धुपमा पिसाब फेरेको जत्ति कै हो । एकछिनमा वाफ बनेर हराउँछ ।

प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै सर्वोच्च अदालतले सांसदबाट कारबाही नगर्न आदेश दिएको थियो । देउवालाई विश्वासको मत दिने २२ जनालाई सांसदबाट भने एमालेले कारबाही गर्न सक्दैन ।

उनीहरूलाई आन्तरिक रूपमा कारबाही गर्न भने सर्वोच्च अदालतको आदेशले छेक्दैन । त्यसैले अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेका थिए । त्यही अनुसार, स्पष्टीकरण सोधिने भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X