भोलि देशैभरि सार्वजानिक बिदा दिने निर्णय सरकारको निर्णय

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो। नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

यस्तै बैठकले नेपाललाई थप खोप उपलब्ध गराउन मित्र राष्ट्र, विदेशी दाता र कम्पनीलाई आग्रह पनि गरेको छ । सकभर अनुदानमा खोप दिन तथा नेपालले खरिद गर्ने खोपलाई पनि प्राथमिकतामा राख्न सरकारले आग्रह गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X