प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग “रेशम चौधरीसहितका कार्यकर्तालाई रिहा गर्न “

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ। बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनसहित रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिनु पहिले प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको जसपाले उल्लेख गरेको छ। साथै जसपाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले उठाएका माग सम्बोधन गरेकाले धन्यबाद पनि दिएको छ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि तथा अर्को फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग भएपछि सत्ता राजनीतिको नयाँ सिलसिला शुरु भएको छ। एमाले र माओवादी केन्द्र एकतापूर्वको अवस्थामा फर्किएपछि संसद्‌मा तेस्रो शक्तिबाट चौथो बनेको जनता समाजवादी पार्टी (जसपा) सत्ता राजनीतिमा निर्णायक बनेसँगै रेशम चौधरीको रिहाइको विषय चर्चामा आएको छ।

जसपाले सरकारलाई समर्थन गर्न हिरासतमा रहेका आफ्ना निलम्बित सांसद चौधरीसहित मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइलाई शर्त बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सरकार टिकाउन मात्र हैन, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार बनाउन पनि जसपाको सहयोग अनिवार्य चाहिन्छ। जसका क्रममा जसपाले चौधरीको रिहाइलाई सत्ता शर्त बनाएको छ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा सरकारलाई सघाउन चौधरीलाई रिहाइ गर्नुपर्ने शर्त राखेको जसपाका नेताहरुले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि त्यही शर्त राखे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X