विश्वासको मतको बदलामा आफ्ना माग सम्बोधन गर्न ठाकुर पक्षको माग

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। आफू पक्षीय केन्द्रीय समितिको बैठकपछि ठाकुरले विश्वासको मत दिनुअघि आफूसँग गरेको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका हुन्।

आइतबार संसदमा भएको प्रधानमन्त्रीको विश्वासको मतको भोटिङमा ठाकुर पक्षले देउवालाई मतदान गरेको थियो। केन्द्रीय समिति बैठक पछि ठाकुरले विज्ञप्ति जारी गर्दै आफ्ना माग सम्बोधनमा गम्भीर हुन भनेका हुन्।

ठाकुरले भनेका छन्, ‘जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश थरुहट आन्दोलनहरु संग सम्बन्धित माग मुद्दाहरुको साथै राजनीतिक अडानहरु संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संसोधन, नेता कार्यकर्ताहरु माथि लगाईएका झुठा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्याको समाधान, स्थानियतहको जनसंख्याको अनुपातमा पनसंरचना, संविधानमा शिल्पी, खशको पहिचान कायम गर्ने लगायतको समस्याहरुको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्री जीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो। तसर्थ उक्त मांग मुद्दाहरुको सम्बोधनार्थ सम्माननीय प्रधानमन्त्री जीलाई ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको छ।’

आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराए पनि ठाकुर पक्ष तत्काल सरकारमा जाने तयारीमा भने छैन। जसपाकै अर्को अध्यक्ष उपेन्द्र यादव पक्षल भने सरकारीमा सहभागी हुने पक्षमा छ। ठाकुर पक्षले कोरोना महामारी नियन्त्रण गर्न, खोपको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X