कक्षा १२ को परीक्षा साउन ३१ देखि

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको थियो । बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको अनुमति मागेको थियो ।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो। यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X