spot_img

उड्ने मोटरसाइकलको परीक्षण सफल, साढे ४ करोड रुपैयाँ मूल्य पर्ने

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। उड्ने मोटरसाइकलको सफल परीक्षण गरिएको छ । दक्षिणी क्यालिफोर्नियामा यसको परीक्षण गरिएकोमा यसले पहिलो चरण पार गरेको छ र प्रि–अर्डरका लागि तयार भएको क्यालिफोर्निया न्यूज टाइम्सले जनाएको छ । जेटप्याक एभिएसनले बनाउने यो उड्ने मोटरसाइकलको नाम पी वन राखिएको छ । यसलाई स्पिडर नामबाट पनि प्रचार गरिएको छ ।

यो एयरबाइक भर्टिकल टेकअफ र ल्याण्डिङ गर्न सकिन्छ । कम्पनीले यो मोटरसाइकललाई हावामा १५ हजार फिटको उचाइसम्म लैजान सकिने बताएको छ । जेटप्याक एभिएसनका अनुसार स्पिडरका २ भेरिएन्ट लञ्च गरिनेछन् । एउटाको प्रयोग आम मानिसहरुले दैनिक जीवनमा गर्न सक्नेछन् । अर्कोको प्रयोग सैन्य वा राहत कार्यसँग सम्बन्धित अपरेशनको लागि गरिनेछ ।

कम्पनीले यो मोटरसाइकल पूर्ण रुपमा स्टेबलाइज हुने र पाइलट प्रशिक्षण कम मात्रै आवश्यक पर्ने बताएको छ । यसको गति अधिकतम २४१ किलोमिटर प्रतिघण्टासम्म हुनेछ । मिलिट्री एयरबाइक ३० मिनेटसम्म हावामा रहन सक्छ । बाइकको अर्को भेरिएन्ट १० देखि २० मिनेटसम्म हावामा रहन सक्छ । अहिले यो बाइकलाई जेट इन्जिन, डिजल वा मट्टितेलबाट पनि चलाउन सकिन्छ ।

कम्पनीका अनुसार यो बाइकको विषयमा यस्तो प्रविधिमा काम भइरहेको छ जसबाट पर्यावरणलाई हुने नोक्सानी कम गर्न सकियोस् । सीएनबीसीको रिपोर्टअनुसार जेटप्याक एभिएसनलाई टिम ड्रेपरले पनि समर्थन गरेका छन् । टिमले यसअघि एलन मस्कको कम्पनी टेस्ला र स्पेसएक्समा लगानी गरिसकेका छन् । कम्पनीले अहिले पी टु मोडलमा पनि काम गरिरहेको छ । जेटप्याक एभिएसनका सीइओ डेभिड मोम्यानका अनुसार यो मोटरसाइकलको मूल्य ३ लाख ८० हजार डलर (साढे ४ करोड रुपैयाँ) हुन सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार