spot_img

के कारण्ले आउँछ श्वासबाट दुर्गन्ध ? नआउन के उपाय गर्ने ?

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। के कारण्ले आउँछ श्वासबाट दुर्गन्ध ? नआउन के उपाय गर्ने ? मानिसको स्वासको दुर्गन्ध हुनुमा मुखको सरसफाइमा कमी या कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ। यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन।

मुख गन्हाउनु केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन । मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुखदायी हुन्छ । किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहन्नन् र सधै टाढै रहन खोज्ने होनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ ।

आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैले गन्ध सुँघेर महसुस गर्न त सकिन्छ नै आफुसँग नजिक भएको वा कुराकानी गरेको बेलामा कसैले अनुहार बिगार्यो वा टाउको फर्कायो भने पनि बुझ्नुपर्छ की आफ्नो स्वास गन्हाइरहेको छ ।

किन मुखबाट गन्ध आउँछ ? चिकित्सकका अनुसार मुख गन्हाउने समस्या खानपानसहित अन्य केही स्वास्थ्य समस्याका कारण देखा पर्छ। यसबाट सजिलै छुटकारा पनि पाउन सकिन्छ। भनिन्छ, धेरैजसो अवस्थामा पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ। वास्तवमा खानाको रस पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउने हो।

यसका साथै कब्जियत, पेटमा घाउ, अत्यधिक रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरूमा मुख गन्हाउने समस्या हुन्छ। यसरी मुखबाट दुर्गन्ध आउनुका कारणमा दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि मानिन्छन्।

मुख गन्हाउने समस्याबाट कसरी बँच्ने ? श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् । एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।

पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ । श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् ।

ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ । मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।

सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ । पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।

बिहान लामो समयसम्म भोकै नबस्ने । पौष्टिक खाजा खाने । मुखबाट बढि नै गन्ध आउँछ भने तुलसीको पात चपाएर रस निल्ने । भोजनपछि आधा चम्चा सोँफ चपाउनु राम्रो हुन्छ । यसले दुर्गन्ध हटाउनुका साथै पाचन क्रियालाई समेत सुधार्छ । चुइंगम चपाउनु पनि मुखको दुर्गन्ध कमगर्ने अर्को सजिलो उपाय हुनसक्छ । मुखबाट दुर्गन्ध आउने समस्या बढि नै हुनथाल्यो भने दन्तचिकित्सक सँग चेकजाँच गराउनु उपयुक्त हुन्छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार