कार्ड नभएपनि अब यो बैंकको एटिएम बुथवाट पैसा निकाल्न मिल्छ

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। तपाईसंग एटिएम कार्ड नभएपनि अब बैंकको एडिएम बुधवाट पैसा निकाल्न सकिन्छ । सनराइज बैंकले यस्तो सुविधा ल्याएको हो । बैंकले कार्डलेस भुक्तानी सेवा संचालन गर्दै सेवा सुरु गरेको छ । अब सनराइज बैंकका ग्राहकले एटिएम कार्ड विना नै पैसा निकाल्न सक्नेछन् । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मसिनबाट रकम निकाल्दै आएको अवस्थामा सनराइज बैंकको कार्डलेस भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत कार्डको प्रयोग बिना नै एटीएम मसिनबाट मोवाइलको माध्यमवाछ पैसा निकाल्न सकिन्छ । मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस ‘विदड्र’ अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गरेपछि एटिएम मसिनवाट पैसा निस्कन्छ । ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा रोजी एसएमएसमा आएको कोड प्रयोग गरेपछि कार्ड नभएपनि मसिनवाट पैसा निस्कन्छ । अब पैसा निकाल्न जाँदा कार्ड बोक्नुपर्ने झण्झट हुनेछैन । मोवाइलवा नै सबै काम हुन्छ । यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सेवा प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिनसक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X