माधव नेपाल पक्षले अनपेक्षित यस्तो निर्णय गर्यो , ओलीले कारवाहीको पत्र नपठाएपछि युटर्न भए

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेमा फेरी सकारात्मक परिवर्तनको संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको एमालेले अझै पत्र पठाएको छैन । यता माधव नेपाल पक्षले पनि देउवा सरकारमा तत्काल सहभागी नहुने निष्कर्ष निकालेको छ ।

संसद पुनस्थापना गर्ने तत्कालको योजना सफल भएकाले अब ओलीले कसरी कदम चाल्छन् सोही अनुसारको योजना बनाउने निर्णय बैठकले गरेको छ । मंगलवार नेपाल समुहको सांसदहरुको बैठक नयाँ बानेश्वरमा बसेको थियो । देउवा सरकारले नेपाल पक्षलाई ६ मन्त्रालय दिने सहमति गरिसकेको अवस्थामा बैठकले भने तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

संसद जोगाउने एउटा कोर्ष सकिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोसिस गर्ने अबको कार्यहुने निष्कर्ष बैठकले निकालेको छ । पार्टी भित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकाल्दै ओली प्रवृत्तिको अन्त्य गर्न सक्ने अवस्था आएन भने मात्रै नयाँ योजना बनाउने निष्कर्ष बैठकले निकालेको नेता रामकुमारी झाँकैीले बताइन् ।

आफूहरू सरकारमा जानै हुँदैन भन्ने पक्षमा नभएको भन्दै उनले अहिले भने आफूहरू सरकारको प्राथमिकतामा नरहेको नेपाल पक्षका नेताहरुले बताएका छन् । पार्टी एकताको पक्षमा आफुहरु रहेकाले सकेसम्म पार्टी भित्रै संघर्ष गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X