कित्ता क्लियर गरे भिम रावलले, बानेश्वरको बैठकमा गएनन्

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति निकै खरो रुपमा प्रस्तुत हुने नेता भिम रावलको पछिल्लो गतिविधि भने फरक छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विघटित कार्यदलको संयोजक समेत रहेका उनले नेपालको साथ छोडेको प्रष्ट संकेत दिएका छन् ।

सुरुमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै सकृय रहेका रावल तत्कालिन प्रधानमन्त्री रहेका ओलीलाई वालुवाटारमा भेट गरेपछि अचानक फेरीएको माधव पक्षका नेताहरुले आँकलन गरेका छन् ।

देउवालाई विश्वासको मत दिने अन्तिम समयमा सांसद पदवाटै राजिनामा दिएका रावल अहिले नेपाल पक्षले राखेको बैठकमा सहभागी भएका छैनन् । मंगलवार र बुधवार माधव पक्षको बैठक बसेको छ । तर उनी सहभागी भएनन् । बुधवार स्थायी कमिटी बैठक बसेको छ।

बुधबार दिउँसो बानेश्वरमा नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठक बसेको हो। असार २० गते भेटेका थिए। त्यस यता उनको ब्यवहार फरक भएको नेताहरुको भनार्य छ । देउवालाई विश्वासको मत नदिन सांसद पदवाट राजिनामा दिएपछि उनले नेपालको साथ छोडेको बताइएको थियो । स्थायी कमिटी बैठकमा पनि सहभागी नभएपछि त्यो पुष्टि भएको छ। नेपाल पनि रावलका गतिविधिबाट असन्तुष्ट रहेको उनीनिकट स्रोतको दाबी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X