शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना- यस्तो हुन्छ पहिलो संकेत !

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना। यस्तो हुन्छ पहिलो संकेत। जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो ।
एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ । एकजनाको भने मृत्यु भएको जनाइएको छ । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।
जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।
गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।
फ्लु सिजनमा समेत अमेरिकामा यस्ता केही केसहरु देखिने गरेका छन् । फ्लु भ्याक्सिन लगाउँदासमेत १० लाखमा एकदेखि दुईसम्म यस्ता केसहरु देखिने गरेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ ।
धिकांश गियान बार सिन्ड्रोमका केसहरु भ्याक्सिन लगाएको दुई सातासम्मका रहेका छन् भने अधिकांश ५० बर्ष नाघेका पुरुषहरु रहेका छन् । यदि भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।
खासगरी खुट्टा र पाखुरामा झमझमाउने भएमा त्यो शरीरका अन्य भागमा समेत फैलिनसक्ने जनाइएको छ । यो सिन्ड्रोमका अन्य लक्षणहरुमा हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका हुनसक्छन् ।
जोन्सन एण्ड जोन्सनको भ्याक्सिन १५ लाख डोज सोमबार नेपाल आइसकेको छ भने मंगलबारदेखि वितरण सुरु गरिएको छ । यो भ्याक्सिन ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई दिइने भएको छ ।सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै भ्याक्सिन कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ । तोकिएको उमेर
समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत प्रदान गरिने भएको छ । नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन दिइने भएको छ ।अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको भ्याक्सिन काठमाडौंमा । फोटो: अमेरिकी विदेश मन्त्रालय

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ? कसरी बडाउने?

प्रतिरक्षा प्रणाली बिना, हाम्रो शरीर ब्याक्टेरिया, भाइरस, परजीवी र अधिकबाट आक्रमण गर्न खुला हुनेछ।

७ मस्तिष्क व्यायाम जसले तपाईको दिमागलाई बलियो बनाउँदछ

मस्तिष्क प्रशिक्षण आजका दिनहरूमा बलियो इच्छाहरू मध्ये एक हो, र मानिसहरूले प्रायः आफ्नो दिमागलाई तिखार्न र बौद्धिकता बढाउने तरिकाहरू खोज्छन्।

टेकु अस्पतालमा मंसिर २९ देखि टेकु अस्पतालमा इमरजेन्सी सेवामा निशुल्क उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ । धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् ।

मानसिक स्वास्थ्य सुधार्ने ५ पोषक तत्त्व

तपाईँलाई थाहा होला- सही र सन्तुलित खाना खाँदा तपाईको शरीरलाई समग्र स्वास्थ्य लाभ हुन्छ। उचित खाना खाँदा तपाईँको शरीरमा दीर्घकालीन जोखिमहरू विकास गर्नबाट रोक्छ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search