मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

बलात्कारको मुद्दा अदालतमा विचाराधिनः यता डिआइजी बढुवा

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अदालतबाट हाजिर जमानी छुटेको एसएसपी सौरभ राणालाई नेपाल प्रहरीले डिआइजी बढुवामा सिफारिस गरेको छ । धरानकी एक युवतीको जाहेरीमा सुनसरी जिल्ला अदालतमा मुद्दा कायमै रहेको र अदालतले बोलाएको बेलामा हाजिर हुने गरी छाडेको अवस्थामा उनलाई प्रहरी प्रधानकार्यालयले डिआइजी बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा पटक पटक विवादमा आइरहने एसएसपी राणालाई डिआइजीमा सिफारिस गरेपछि इमानदार प्रहरी अधिकारीहरु निराश भएका छन् । डिआइजी सहकुल थापालाई एआइजीमा बढुवा गरेपछि रिक्त एक डिआईजी पदमा राणा बढुवा सिफारिस भएका हुन् । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा विहिबार बसेको बढुवा समितिले राणालाई बढुवा सिफारिस गरेको हो ।
एसएसपी राणा आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । २ बर्षअघि संघीय प्रहरी इकाइ धरानमा कार्यरत रहँदा एएसपी राणालाई धरानकी एक महिलामाथि यौनशोषण गरेको आरोपमा पक्राउ गरिएको थियो । रिक्त एक डीआइजीका लागि सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली, दीपक थापादेखि भीम ढकाल, किरण बज्राचार्य, मीरा चौधरीसम्म दौडमा थिए ।
२०७६ कात्तिकमा धरानकी ती युवतीले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । त्यसपछि माघमा उनलाई निलम्बन गरी अनुसन्धान शुरु गरिएको थियो । संघीय प्रहरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक महिलामाथि यौन शोषण गरेको उजुरी प्रहरी मुख्यालयको उजुरी छानविन शाखामा परेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । हालका प्रहरी महानीरिक्षक तत्कालिन डीआइजी शैलेश क्षेत्रीले राणामाथि लागेको आरोपमा छानविन गर्न निलम्बनको सिफारिस गरेका थिए । तर उनको मुद्धा अहिलेसम्म अदालतमा कायमै रहेको बेला डिआइजी बढुवा सिफारिस गरिएको छ ।
जागिरे जीवनको अधिकांश समय विवादमा आएका राणालाई आइजीपी थापाले किन काखी च्यापिरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ । आफूलाई संगठनका ‘नेट एण्ड क्लिन’ आइजीपीको रुपमा चिनाउदै आएका थापाले आफ्नै ब्याचीलाई बढुवा गर्ने निर्णय गराएर वाहवाही पाउन खोजेका भएपनि राणाको गलत प्रवृत्तिमा उनलाई आँखा चिम्लनु पर्ने बाध्यता किन आइपरेको थियो भन्ने प्रश्न उठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

देशप्रति समर्पित बनाउन विद्यार्थीलाई सेनाको निरन्तर तालिम: उनीहरु भविष्यमा कहाँ पुग्छन् ?

हरेक वर्ष देशका विभिन्न विद्यालयहरुमा विधार्थीहरु सैनिकको जस्ता पोसाक लगाएर प्रशिक्षण गरिरहेका भेटिन्छन्। झट्ट हेर्दा उनीहरु आर्मी बन्न लागेका हुन् कि जस्तो लाग्छ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

प्रहरीमा इन्स्पेक्टदेखि सहयोगी सम्मलाई जागिरको अवसर

नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक ९इन्स्पेक्टर०सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

पक्राउ परेको केहि समयमै छुटे आरती स्ट्रिप्सका सञ्चालक सिंघल

प्रहरी स्रोतका अनुसार बुधबार राति करिब साढे ९ बजे काङ्ग्रेसका एक नेताले सिंघललाई छुटाएर लगेका हुन् । सिंघल भारतको चर्चित भूषण ग्रुपका सञ्चालक हुन् ।

केहीबेर अघि काठमाडौंमा घटेको यो अत्यत दुखदायी घटना

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक मृत्यु भएक हो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search