spot_img

“म ढलेकाे हैन, तपाईँले प्रधानमन्त्री देउवासँग भेट गर्न दिनुभएन” प्रचण्डलाई भीम रावलकाे जवाफ

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरु ढलेकाे भनि दिएकाे अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष भीम रावलले गम्भीर आपत्ति जनाएका छन्। ***भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले प्रचण्डलाई एमाले विभाजन गर्न खाेजेकाे आराेप पनि लगाएका छन्। शनिबार बिहान प्रचण्डले गठबन्धनमा राम्राे भूमिका खेलेका नेताहरु पनि नपत्याउँदाे ढ‌ङ्गले ढलेकाे बताएका थिए। भीम रावलको नाम नलिएर प्रचण्डले भनेका थिए, ‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पीरिटका साथ काम गरेका साथीहरु पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्।’

प्रचण्डकाे यस्ताे अभिव्यक्तिपछि शनिबार साँझ विज्ञप्ति निकाल्दै रावलले आफू ढलेकाे नभइ एमाले ढाल्ने षडयन्त्रविरुद्ध उभिएकाे बताएका हुन्। ‘प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर म ढलेकाे हैन नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध स्वस्थ राजनीतिक अभ्यासकाे पक्षमा उभिएकाे हुँ’,रावलले प्रचण्डलाई जवाफ फर्काएका छन्।

उनले गठबन्धन प्रतिनिधिसभा पुन:स्थापनाका लागि मात्रै बनेकाे र साेही क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएकाे दाबी पनि गरेका छन्। गठबन्धनमा सबैको आ–आफ्नो स्वार्थ रहेकाे पनि रावलकाे दाबी छ। देउवालाई प्रधानमन्त्री बन्ने, प्रचण्डलाई आफ्ना मान्छे मन्त्री बनाउने, उपेन्द्र यादवलाई महन्त ठाकुरसँगकाे संघर्षमा जित हाँसिल गर्ने र माधवकुमार नेपाललाई पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने स्वार्थ बमाेजिम गठबन्धन बनेकाे पनि रावलकाे जिकिर छ।

‘काेही पनि आफ्नाे पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका हैनन्’, रावलले भनेका छन्, ‘साझा स्वार्थ मिल्दासम्म सहकार्य गर्ने मात्रै हाे।’ रावलले वक्तव्यमार्फत प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी लगायतका विषयमा कुरा गर्ने मौका समेत नदिएकाे आराेप लगाएका छन्।

उनले प्रचण्डलाई साेधेका छन्, ‘एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिइ राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु विधि र गठबन्धन संस्कृति हो?’ आफूले सा‌ंसद पदबाट दिएकाे राजीनामालाई पाँच दलकाे गठबन्धन फुटाउने खेल भन्ने प्रचण्डकाे तर्क हास्यास्पद र मनगढन्ते रहेकाे पनि रावलले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार