मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

अब ब्लुबुक साथमा बोक्नु नपर्ने, क्यूआर कोड स्क्यान गरे पुग्ने

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अब ब्लुबुक साथमा बोक्नु नपर्ने भएको छ । सेवाग्राहीले आवश्यक परेको समयमा क्यूआर कोड स्क्यान गरेरै सेवा लिन सक्ने गरी शुक्रबार यातायात व्यवस्था सूचना प्रणाली कार्यान्वयनमा आएको छ ।
सेवाग्राहीले आफ्ना विवरण अनलाइनबाटै हेर्न, राजस्व तिर्न, बीमा गर्न एवं नवीकरण गर्न सक्ने गरी बागमती प्रदेशले अनलाइन प्रणाली सुरु सञ्चालनमा ल्याएकाे हाे । याे प्रणालीअन्तर्गत अनलाइनबाटै ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीकाे भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्नसक्ने सुविधा पनि छ ।
‘ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाएका छौं,’ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले भने, ‘सेवा दिने र लिने दुवै अनलाइन प्रणालीमा आबद्ध भएपछि अब सेवा प्रवाहमा सहजता आउनेछ ।’

राजस्व भुक्तानीपछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनले बताए ।

‘यो प्रणालीमा सेवाग्राही आफैंले राजस्वको विवरण हेर्न मिल्ने सिस्टम छ, जसमा ट्याक्स क्यालकुलेटर मोड्युल राखिएको छ,’ उनले भने, ‘घरबाटै मोबाइल एप वा मन्त्रालयको टीआईएमएसमा गएर विवरण हेर्न, राजस्व तिर्न, बीमा गर्न, ट्राफिक प्रहरीले माेबाइल एपबाट सेवाग्राहीकाे विवरण चेकजाँच गर्न र अनलाइनबाटै ई-टोकन लिई तोकिएको समयमा कार्यालयमा गई सेवा लिन सकिने सुविधा याे प्रणालीमा छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! बास्तविकता यस्तो रहेछ

त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो ।

फेरि लकडाउन हुने सम्भावना कति ?

उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ ।

अब के होला? अनुमानभन्दा बाहिर जाँदै सेयर बजार

बजार २३०० देखि २३७० बिन्दुसम्म झर्न सक्ने देखिएको छ’ उनले भने, ‘त्यसपछि भने बजार उकालो लाग्ने र नयाँ अंकको रेकर्डतर्फ बढ्नेछ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

शेयर बजार दोहोरो अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search