सोमवार, मंसिर १३, २०७८
spot_img

राज कुन्द्रा केसमा सनसनीपूर्ण खुलासा, मृत्यु भइसकेका यश ठाकुर अहिले कहाँबाट आए ?

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। राज कुन्द्रा पोर्नोग्राफी केसमा सनसनीपूर्ण खुलासा भएको छ । पोर्न भिडियो बनाएर सार्वजनिक गर्ने गिरोहका महत्वपूर्ण सदस्य भनिएका यश ठाकुर खासमा जीवित नै छैनन् ।

केही समयअघि यश ठाकुरले इमेलमार्फत एन्टी करप्सन ब्युरोलाई इमेल पठाएर राज कुन्द्राले पुलिसलाई २५ लाख घुस दिएको र पुलिसले आफूसँग पनि घुस मागेको बताएका थिए । तर, अहिले यश ठाकुर जीवित नै नभएको खुलासा भएको छ ।

यो केसमा अन्य २ आरोपी भनिएका अरविन्द श्रीवास्तव र यश ठाकुर खासमा एउटै व्यक्ति भएको खुलासा भएको छ । खासमा आरोपी अरविन्द श्रीवास्तव हुन् । यश ठाकुर जीवित नै छैनन् । उनको एक वर्षअगाडि मृत्यु भइसकेको छ र उनको यो केससँग कुनै सम्बनध पनि थिएन । अरविन्द श्रीवास्तवले नै मृत्यु भइसकेका यश ठाकुरको पहिचान आफूले प्रयोग गरिरहेका थिए । अरविन्दले नै आफूले मृत्यु भइसकेका व्यक्तिको पहिचान प्रयोग गरेको बताएका हुन् ।

अरविन्दका अनुसार यश इन्दौरका थिए र उनको २०२० मा ब्रेन ट्युमरका कारण मृत्यु भइसकेको छ । अरविन्दले जाँच एजेन्सीबाट बच्नको लागि यस्तो गरेका थिए । अरविन्दले पुलिसलाई राजले आफ्नो गिरफ्तारी रोक्न २५ लाख घुस दिएको बताएका छन् । आफूले पैसा दिन नमान्दा आफूलाई फसाइएको उनले बताए । उनले अहिले जुन फिल्मको कुरा भइरहेको छ ती पोर्न नभएर इरोटिक भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार