बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

“तेस्रो लहर आउन लागेको भन्दै सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न” मन्त्रालयको निर्देशन

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
“जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिदैन । विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन”, उहाँले भन्नुभयो, “भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ ।”
मन्त्रालयले आजै प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको हो । साथै मन्त्रालयले सिलिण्डर पनि खाली नराख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क, अक्सिजन कन्सट्रेटर पनि चालू र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ ।
त्यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताउनुभयो । उहाँले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताउनुभयो ।
तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ । यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ ।
यसै गरि महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ ।
यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष (आइसियु) पु¥याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो । यस्तै भेन्टिलेटरको सङ्ख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ । मन्त्रालयले सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब बेलायत जाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ ।

खुशीको खबरः बेलायती वैज्ञानिकले पत्ता लगाए ओमिक्रोन भेरियन्टको औषधि!

एक बेलायती वैज्ञानिकले ओमिक्रोन भेरियन्टको बारेमा ठूलो दाबी गरेका छन् जसले विश्वलाई आतंकमा पारेको छ।

अब स्याटलाइटबाट जनगणना गर्ने

चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्कसमेत गर्न सहज हुने रेग्मीले जानकारी दिए।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले भने “लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन “

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search