शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

डेल्टा भेरियन्ट के हो, यो कत्तिको खतरनाक छ ?

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भाइरसले प्राकृतिक रूपमा नै आफ्नो बनावट र प्रकृतिलाई बदल्ने गर्छन् । भाइरसको परिवर्तित स्वरूपलाई उत्परिवर्तन वा भेरियन्ट भनिन्छ । उत्परिवर्तनले भाइरसलाई नयाँ वातावरणमा बाँच्न, संघर्ष गर्न र धेरै ठाउँमा फैलिन मद्दत गर्छ ।
सकेसम्म धेरै ठाउँमा फैलिन सक्नु नै भाइरसका लागि सफलता हो । चीनमा ‘सार्स–कोभ टु’ को पहिलो पटक पहिचान गरिएपछि यसका हजारौँ उत्परिवर्तन देखापरेका छन् । जसमध्ये मुख्य रूपमा चारवटा भेरियन्टमा वैज्ञानिक र अनुसन्धानकर्ताको ध्यानाकर्षण भएको छ ।
ती चार भेरियन्टमध्ये बेलायतमा देखापरेको अल्फा भेरियन्ट, दक्षिण अफ्रिकामा देखिएको बिटा भेरियन्ट, ब्राजिलमा देखापरेको गामा भेरियन्ट र भारतमा डेल्टा भेरियन्ट देखिएका हुन् ।
यी भेरियन्टले मानिसलाई बढी बिरामी बनाउने र खोपको प्रभावकारितामा पनि कमी ल्याइदिन सक्ने हुनाले ‘डब्लुएचओ’ले पनि चिन्ता प्रकट गरेको छ । यी भेरियन्टमध्येमा पनि हालसालैको डेल्टा भेरियन्टले मानिसलाई बढी प्रभाव पारेको देखिएको छ । सार्स–कोभिडको नयाँ प्रजाति डेल्टा भेरियन्ट सबैभन्दा पहिला २०२१ को सुरुवाततिर भारतमा पहिचान गरिएको हो ।
डेल्टाको वैज्ञानिक नाम B.1.617.2 हो । केही महिनाको बीचमा कोरोना प्रजातिको यो भाइरस विश्वका ९८ देशमा फैलिइसकेको छ । जसमध्ये भारत, अस्ट्रेलिया, स्कटल्याण्ड, बेलायत, इजरायल, अमेरिकाजस्ता एक दर्जन देशमा तीव्र गतिमा फैलिएको छ । भारतमा यही भाइरसका कारण गएको अप्रिल र मे महिनामा खतरनाक दोस्रो लहर निम्त्याएको थियो ।
नेपालका कोभिड बिरामीहरूमा पनि यो भाइरसको पहिचान भएको छ । कोरोनाको दोस्रो लहरका कारण नेपालमा पनि हजारौँ नागरिकको मृत्यु भएको छ । लकडाउनपछि पनि अपेक्षित रूपमा संक्रमित मानिसहरू घटेनन् । हाल अमेरिकामा कोरोना देखिएका ८३ प्रतिशत मानिसमा यो भाइरस जिम्मेवार छ ।

डेल्टा भाइरस कत्तिको संक्रामक छ ?

तथ्यांकहरूले डेल्टा भाइरस अल्फा प्रजातिभन्दा ४० देखि ६० प्रतिशत बढी संक्रामक र सुरुको क्षणमा चीनमा देखिएको भाइरसभन्दा झण्डै दुई गुणा बढी संक्रामक भएको देखाएका छन् ।
यस्तै, डेल्टा भाइरसका कारण बिरामीको श्वासनलीमा भाइरसका कण बढी देखिएका छन् । यसको अर्थ बिरामी मानिसमा भाइरसको लोड पनि अत्यधिक बढी देखिएको छ ।

केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अतः अहिलेसम्म देखापरेका कोरोनाका विभिन्न भेरियन्टलाई निस्तेज पार्ने एक मात्र उपाय खोपको प्रयोग नै हो ।

चीनमा गरिएको अध्ययनले यो भाइरसले आक्रमण गरेका बिरामीमा अरु प्रजातिका भन्दा भाइरसको लोड झण्डै १ हजार गुणा बढी देखिएको छ ।
के डेल्टा भाइरस बढी खतरनाक छ ?
बेलायतमा गरिएको सर्वेक्षणले डेल्टाका लक्षणहरू केही फरक पनि देखिएका छन् । जसको अर्थ यो एकदमै खतरनाक छ भन्ने होइन । ज्वरो आउनु, टाउको दख्नु, घाँटीमा कठिनाइ हुनु, रुघाखोकी त साधारण लक्षण भैहाले । त्यसबाहेक सुन्ने शक्ति कमजोर हुनु, पेट र आन्द्रामा समस्या हुनु, रगत जम्नेजस्ता लक्षण पनि केही बिरामीहरूमा देखिएका छन्  ।
स्कटल्याण्डमा गरिएको सर्वेक्षणमा अरु प्रजातिभन्दा डेल्टा भाइरसका कारण अस्पताल जानुपर्ने बिरामी दुई गुणाले बढेका छन् । यसले यो भाइरस बढी बलियो छ भन्ने हो ।
अमेरिकामै पनि संक्रमित व्यक्ति अस्पतालमै जानुपर्ने प्रतिशत बढेको छ । विशेष गरी खोप कम लगाएका राज्यहरूमा । त्यसैले भर्खरै अमेरिकी सबैभन्दा उच्च संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले डेल्टा भेरियन्टका कारण खोप नलगाएका मानिसमा कोरोना महामारी तीव्र बनिरहेको भन्दै अमेरिका गलत दिशामा हिँडिरहेको चेतावनी दिएका थिए ।
वास्तवमा डेल्टाले नै बढी मानिसलाई बिरामी पारिरहेको छ वा यो सामान्य ढंगले मात्रै धेरै जसंख्यामा फैलिइरहेको छ भन्ने यकिन हुन बाँकी नै छ । तर, यो भाइरस विश्वका खोप नलगाएका ठाउँहरूमा बढी देखापरेको यथार्थ हो । त्यसैले अमेरिकी सीडीसीका निर्देशकले पनि ‘डेल्टा भाइरस खोप नलगाएका मानिसका लागि भएको महामारी’ भनेर टिप्पणी गरेका छन् ।
डेल्टाविरुद्ध खोप कत्तिको प्रभावकारी छ ?
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार मोडेर्ना अथवा बायोटिक–फाइजर खोप डेल्टा भाइरसविरुद्ध प्रभावकारी छ । त्यही निष्कर्षलाई ‘न्याचर’मा प्रकाशित अनुसन्धानको निष्कर्षले पनि थप प्रमाणित गरेको छ । जसमा बायोटिक–फाइजर वा अक्सफोर्ड–एस्ट्राजेनिकका दुवै डोज लगाएका व्यक्ति सुरक्षित रहने उल्लेख छ ।
बेलायतमा गरिएको अनुसन्धानले डेल्टाविरुद्ध एक डोजको मात्रा लगाएका व्यक्तिका लागि खोप ३० दशमलव ७ प्रतिशत र दुवै डोजको मात्रा लगाएका व्यक्तिमा ८८ प्रतिशत प्रभावकारी छ ।
प्रारम्भिक अनुसन्धानमा जोनसन एण्ड जोनसन खोप पनि नयाँ प्रजातिका लागि प्रभावकारी पाइएको छ । भाइरसविरुद्ध हामीले खोप प्रयोग गरेर यसलाई कमजोर वा निस्तेज पार्ने काम गर्छौं । डेल्टा भाइरसले अहिलेका खोपलाई कम प्रभावकारी बनाएको प्रमाण फला परेको छैन ।
केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अतः अहिलेसम्म देखापरेका कोरोनाका विभिन्न भेरियन्टलाई निस्तेज पार्ने एक मात्र उपाय खोपको प्रयोग नै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ? कसरी बडाउने?

प्रतिरक्षा प्रणाली बिना, हाम्रो शरीर ब्याक्टेरिया, भाइरस, परजीवी र अधिकबाट आक्रमण गर्न खुला हुनेछ।

७ मस्तिष्क व्यायाम जसले तपाईको दिमागलाई बलियो बनाउँदछ

मस्तिष्क प्रशिक्षण आजका दिनहरूमा बलियो इच्छाहरू मध्ये एक हो, र मानिसहरूले प्रायः आफ्नो दिमागलाई तिखार्न र बौद्धिकता बढाउने तरिकाहरू खोज्छन्।

टेकु अस्पतालमा मंसिर २९ देखि टेकु अस्पतालमा इमरजेन्सी सेवामा निशुल्क उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

देशप्रति समर्पित बनाउन विद्यार्थीलाई सेनाको निरन्तर तालिम: उनीहरु भविष्यमा कहाँ पुग्छन् ?

हरेक वर्ष देशका विभिन्न विद्यालयहरुमा विधार्थीहरु सैनिकको जस्ता पोसाक लगाएर प्रशिक्षण गरिरहेका भेटिन्छन्। झट्ट हेर्दा उनीहरु आर्मी बन्न लागेका हुन् कि जस्तो लाग्छ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एकैदिन १२.१४ प्रतिशतले झर्यो

क्रिप्टोकरेन्सीलाई विश्वभर सबैभन्दा अस्थिर मुद्राको रुपमा लिईन्छ र यसको मूल्यमा उतार चढाव आईरहन्छ। हालै विश्वको सबैभन्दा मूल्यवान क्रिप्टो बिटक्वाइनमा पनि त्यस्तै देखिएको छ।

अमेरिका: ताइवानविरुद्ध कुनै कदम चाले चीनले भयानक परिणाम बेहोर्नुपर्छ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले ‘भयानक परिणाम’को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search