शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

मन्त्री क्वाटर १ अर्ब लगानीमा तयार भयो (भिडियो हेर्नुहोस)

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं।  ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण तीव्र गतिले बढिरहेको छ। मन्त्री क्वाटरका संरचनागत काम लगभग सक्किएका छन्। क्वाटरभित्र रङरोगन, झ्याल, ढोकादेखि विद्युतसम्मका काम बाँकी छन्।भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। ठेक्का सम्झौताअनुसार मन्त्री निवास आउँदो कात्तिकसम्म तयार भइसक्नु पर्नेछ। सहरी विकास मन्त्रालयले कोभिड-१९का कारण समयमा काम सम्पन्न नहुने देखिएकाले चार महिना समय थप्ने तयारी गरिरहेको छ।
मन्त्री क्वाटरको निर्माण सम्पन्न छिट्टै हुने देखिए पनि मन्त्रीहरू तत्काल सर्न पाउने छैनन्। सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने कामको अझै ठेक्का भएको छैन। दोस्रो चरणको कामको ठेक्कामा ढिलाइले मन्त्री क्वाटर निर्माण सम्पन्न भएपछि पनि प्रयोगविहीन हुने सम्भावना छ।
आयोजनाका प्रमुख इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले सेकेन्ड फेजको कामपछि मात्र भवन बस्न योग्य हुने बताए।९६ रोपनी १० आना जग्गामा बनिरहेको मन्त्री क्वाटरमा कम्युनिटी हलदेखि जिम हल र स्विमिङ पुलसम्म बनाउने योजना रहेको कर्माचार्यलेब ताए।  मन्त्री क्वाटरको काममा भने अब इन्टेरियरको काममात्र बाँकी भएको उनले उल्लेख गरे। सरकारले मन्त्री क्वाटरलाई सुविधासम्पन्न बनाउने गरी काम गरिरहेको छ।
‘प्रत्येक भवनमा ग्राउन्ड फ्लोरमा वेटिङ रूम, हल र सचिवालय राख्ने ठाउँ छ’, कर्माचार्यले सेतोपाटीसँग भने, ‘पहिलो तल्लामा मन्त्रीहरूका लागि सुत्ने ठाउँ र दोस्रोमा पाहुना बस्न मिल्ने गरी बनाइएको छ।’मन्त्री क्वाटर मल्लकालीन शैलीमा निर्माण भइरहेको छ। भवनको ढलानमाथि झिंगटी राखेर परम्परागत शैली दिइने कर्मचार्यले बताए। भवनको बाहिरी कम्पाउन्डसँगै ३ मिटरको हिँड्ने बाटो निर्माण हुनेछ। जहाँ मन्त्री र उनका परिवारका सदस्यले मर्निङ वाक गर्न सक्नेछन्। कर्मचार्यका अनुसार अहिले बनिरहेका सबै भवनबाट हिमाल देखिनेछ।
‘सकेजति हामीले वास्तु पनि मिलाएका छौं’, कर्माचार्यले भने, ‘एउटा घरभन्दा पनि हामीले २७ वटा बनाएकाले सबै मिलेको छैन। तर कतिपय भवनमा भर्‍याङ राख्ने ठाउँहरू फरक छन्।’१ अर्ब ३ करोडमा निर्माण भइरहेको मन्त्री क्वाटर निर्माणमा लकडाउनअघि ४ सयसम्म कामदारले काम गरेको कर्माचार्यले उल्लेख गरे। ‘कामदार भए पनि निर्माण सामग्री अभावले लकडाउनका बेला काम अघि बढेन’, उनले भने, ‘त्यसैले निर्माण सम्पन्न हुन थप समय लाग्न सक्छ।’
हाल मन्त्रीहरू ललितपुरकै पुल्चोकमा बस्दै आएका छन्। २०२८ सालमा बनेको मन्त्री निवास पुरानो र जीर्ण अवस्थामा छ। पटक-पटक मर्मत गरेर भवनहरू प्रयोगमा ल्याइने गरेको छ। २०२८ सालमा पुल्चोकमा १४ वटा मन्त्री निवास बनाइएको थियो। पछि २०५४ सालमा सरकारले ५ वटा भवन थपेको थियो। हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथि गृह बनाउने सरकारको तयारी छ।
कर्माचार्य मन्त्रीहरूका लागि भैंसेपाटीको ठाउँ उपयुक्त रहेको बताउँछन्। सिंहदरबारदेखि मन्त्री निवासको दुरी ६ किलोमिटरमात्र रहेको छ। कर्माचार्य मन्त्रीहरूलाई सुविधा दिँदा राम्रो प्रतिफल आउने अपेक्षा गर्छन्।
‘मन्त्रीलाई सुविधासाथ राखे देशका लागि राम्रो सोच्लान् कि’, कर्मचार्य भन्छन्,’ अग्लो ठाउँ छ। वातावरण पनि राम्रो छ। हिमाल देखिन्छ। राम्रो हुन्छ भन्ने ठानौं न।’ मन्त्री क्वाटरसँगै भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि पनि आवास र सम्पर्क कार्यालय निर्माण पनि तीव्र गतिले भइरहेका छन्।
हेर्नुस् भिडिओ:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

राप्रपाको चुनाव अझै सुरु भएन, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।

१४१ स्मार्टफोन :ह्वावेको हार्मोनी ओएस अपग्रेड

ह्वावेले हालसम्म १४१ वटा डिभाइसमा हार्मोनी ओएस २.० अपग्रेड गरेको छ । यीमध्ये १३५ वटा डिभाइसमा स्टेबल भर्सन उपलब्ध छ भने पाँच वटामा बेटा भर्सन उपलब्ध गराइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search