साजीलै अध्ययन अवसर गर्ने कक्षा १२ मा ६० प्रतिशत ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।

भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो ।

संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् । संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने ।

उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इस्टिच्युटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तरराष्ट्रिय विद्यार्थी अनुभव र छात्रवृत्तिका बारेमा जानकारी लिएर विद्यार्थी र अभिभावकलाई परामर्श दिँदै आएको संस्थाका निर्देशक सन्तोषकुमार चौधरीले बताए ।

हाल शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा संस्थाले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज’बारे जानकारी एवं परामर्श दिने कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावास काठमाडौंले मेधावी र मेहनती नेपाली विद्यार्थीलाई मेरिटको आधारमा ‘कम्पेक्स स्कलरशिप २०२१’ मार्फत शतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा अध्ययनको अवसर प्रदान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार