Viber Community
Nop Ads

पुराना फोनको सुविधा दिँदै ह्वावे इन्टर्नल स्टोरेज थप गर्ने

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बिहीवार ह्वावेले आफ्नो फ्ल्यागशिप स्मार्टफोन पी५० सार्वजनिक गर्‍यो । एन्ड्रोइडसहित गुगलका प्रडक्टमा लागेको प्रतिबन्धका कारण कम्पनीले पहिलो पटक आफ्नै हार्मोनी ओएसमा उक्त फोन सार्वजनिक गरेको छ | नयाँ प्रडक्ट सार्वजनिक गर्न आयोजना भएको उक्त कार्यक्रममा कम्पनीले पुराना स्मार्टफोनका लागि पनि नयाँ अफर अघि सारेको छ । कम्पनीले आफ्ना पुराना फोनको इन्टर्नल स्टोरेज बढाउन सकिने सुविधा उपलब्ध गराएको हो ।
तर, त्यसका लागि केही शुल्क भने तिर्नुपर्ने छ । कम्पनीका अनुसार प्रयोगकर्ताले जम्मा ५७ डलर तिरेर आफ्नो मोबाइलको इन्टरनल स्टोरेज बढाउन सक्नेछन् । यो कार्यक्रम विशेषगरी मेट ९, मेट १०, मेट २०, मेट ३०, पी१०, पी२० र पी३० सिरिजका फोनमा उपलब्ध हुनेछ ।
जसमा स्मार्टफाेनकाे इन्टर्नल स्टोरेज ६४ जीबी भएमा बढाएर १२८ जीबी बनाउन सकिने छ । त्यस्तै १२८ भएको अवस्थामा २५६ र २५६ जीबी भएको खण्डमा ५१२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।  मोटोरोलाले आफ्नो एज २० अन्तर्गत तीन ओटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एज २० लाइट, एज २० र एज १० प्रो गरी नयाँ फ्ल्यागशिप फोनको बजारमा ल्याएको हो ।

फाइभजी सपोर्ट रहेका यी तीनै मोबाइल फोनमा १०८ मेगापिक्सलको मेन क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसैगरी  ओएलईडी स्क्रिन सहित हाई रिफ्रेश रेट र ३० वाटको चार्जर समेत उपलब्ध गराइएको छ । यति धेरै स्पेसिफिकेसन समान हुँदाहुँदै पनि यी तीन फोनबीच केही भिन्नता पनि छन् ।

मोटोरोला एज २० प्रो 

स्न्यापड्रागन ८८८ को साटो यसमा स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ । यो फोन बजारको प्रतिस्पर्धामा आवश्यक उपलब्धि हासिल गर्न प्रयाप्त रहेको कम्पनीको दाबी छ । मूल्यको हिसाबले पनि यो फोनमा ८७० चिपसेट राखिएको कम्पनीको भनाई छ ।

नौ सय ९९ अमेरिकी डलर अर्थात करिब एक लाख १८ हजार रुपैयाँ पर्ने मोटोरोला एज प्लस भन्दा यो फोन सस्तो हुने कम्पनीले जनाएको छ । १२ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज रहेको यो फोनमा एक सय ४४ हर्ज रिफ्रेश रेट सहितको ६.७ इन्च डिस्प्ले राखिएको छ ।

यो फोनको मूल्य ८३० अमेरिकी डलर अर्थात ९८ हजार पाँच सय ४७ रुपैयाँ रहेको छ । ४५ सय एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १०८ मेगापिक्सेलको मेन क्यामेरा राखिएको छ ।

त्यस्तै फोनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र आठ मेगापिक्सेलको पेरिस्कोप लेन्स दिइएको छ । यो फोन ब्लु भेगन लेदर, मिडनाइट ब्लु र इरिडिसेन्ट ह्वाइट गरी तीन ओटा कलर भेरियन्टमा उपलब्ध छ ।

एज २० 

मोटोरोलाको एज सिरिजको स्ट्यान्डर्ड मोडलको रुपमा चिनाइएको एज २० का धेरै फिचर एज २० प्रो भेरियन्टमा जस्तै रहेका छन् । प्रो भेरियन्टमा जस्तै यसमा पनि १४४ हर्जको रिफ्रेश रेटसहितको ओएलईडी स्क्रिन रहेको छ ।

तर यो फोनमा चार हजार एमएएच ब्याट्री रहेको छ । त्यस्तै यसमा स्न्यापड्रागन ७७८ चिपसेट राखिएको छ । यो फोन छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ ।

यसको मूल्य ५९० अमेरिकी डलर अर्थात करिब ७० हजार रुपैयाँ रहेको छ । यो फोन फरेस्टेड इमरल्यान्ड, फरेस्टेड ग्रे र फरेस्टेड ह्वाइट कलरमा उपलब्ध छ ।

एज २० लाइट 

यदि तपाईंलाई एज २० मन परेको छ, तर तपाईं त्यसको मूल्य तिर्न तयार हुनुहुन्न भने तिनै फिचरसहितको एज २० लाइट तपाईंको विकल्प बन्न सक्छ । ९० हर्ज रिफ्रेश रेट रहेको यो फोनमा ६.७ इन्चको ओएलइडी स्क्रिन राखिएको छ ।

त्यस्तै फोनमा पाँच हजार एमएएचको ब्याट्री दिइएको छ भने पछाडि भागमा तीन ओटा क्यामेरा राखिएका छन् ।  जसमा १०८ मेगापिक्सेलको मेन क्यामेरासहित यसमा आठ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

चार सय १५ अमेरिकी डलर अर्थात करिब ४९ हजार २७३ रुपैयाँ मूल्य रहेको यो फोन इलेक्ट्रिक ग्रेफाइट र लगुन ग्रिन कलरमा उपलब्ध छ । यी तीन वटै फोन एसिया, युरोप र ल्याटिन अमेरिकामा उपलब्ध हुनेछन्  भने एज २० लाइट र प्रो मोडेल मध्यपूर्व पनि उपलब्ध हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

बच्चा जन्माउन सक्ने रोबोट !

रोबोटबारे वैज्ञानिकहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । गत वर्ष जीवित रोबोट तयार पारेका वैज्ञानिकको समूहले अब भने रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।

१६ घण्टाको एक वर्ष हुन्छ वैज्ञानिकले फेला पारे अनौठो तातो ग्रह

हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् । अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ ।

६.३ म्याग्निच्युडको भूकम्प बंगलादेशमा

बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।

भारतमा डिजेल गाडीलाई विद्युतीय बनाइँदै, दिल्ली सरकारले अनुदान दिने

भारतको दिल्लीमा डिजेल गाडीहरुलाई विद्युतीयमा परिणत गर्ने काम थालिएको छ। दिल्लीमा रहेका १० वर्षभन्दा पुराना डिजेल गाडीहरुलाई विद्युतीयमा परिणत गर्ने उद्देश्यले यो काम शुरु गरिएको हो।

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search