सुरु भयो नेपालमा तेस्रो लहर, यस्ताे छ यसले पार्ने असर !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नेपालमा सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै को-रोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ ।

डा। पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिए । उनले देशभर थप एक हजार चार सय एचडीयू बेड विस्तार गर्न लागिएको बताए । हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी क्षेत्रका अस्पतालमा ७७८ एचडीयू बेड सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु-याएकाे र १८० थप्न लागिएको जानकारी दिए ।

को-रोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए ।यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको जानकारी गराए । डा. पौडेलले छ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए । यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्याङ्क थप गर्ने योजनाअन्तर्गत दुईवटाको कार्य सम्पन्न गरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेकाे छ ।

पहिलो लहरमा जेष्ठ नागरिक प्रभावित भएका र अहिले चलिरहेको दोस्रो लहरमा १८ देखि ४० वर्ष समूहका बढी प्रभावित भएको भन्दै विज्ञहरुले अब तेस्रो लहरमा खोप नलगाएका व्यक्ति र बालबालिका उच्च जोखिममा पर्ने चेतावनी दिएका छन् । पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम र दोस्रो लहरमा १० प्रतिशत बालबालिका संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तेस्रो लहरमा बालबालिकासहित खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्नेछन् । यता विज्ञहरुले भने सबै व्यक्तिलाई खोप लगाउन सकिने बालबालिकालाई जोगाउन सकिने पनि सुुझाव दिएका छन् । उनीहरुका अनुसार मुलुकभर कम्तिमा ४० देखि ६० प्रतिशतलाई दुवै डोज को-रोनाविरुद्धको खोप लगाउन सकिएमा बालबालिकालाई जोगाउन सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार