बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

राष्ट्र बैंकले वालेटमा तीन पटकभन्दा बढी मोबाइल नम्बर टेस्ट गर्न नमिल्ने व्यवस्था गर्दै

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। डिजिटल वालेट नै व्यक्तिगत गोपनीयता सार्वजनिक गर्ने र पहिचान गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको विषय बाहिरिएसँगै राष्ट्रबैंकले त्यसमा कडाइ गर्ने भएको छ । यसअघि टेकपानाले ‘ट्रुकलर’ जस्तै गोपनीयता भंग गर्ने एप बने नेपालका डिजिटल वालेट’ भन्दै समाचार प्रकाशित गरेको थियो ।
तपाईंलाई कुनै नम्बर कसको हो भनेर जानकारी चाहिएको खण्डमा वालेटमा गएर ‘सेन्ड मनी’ अप्सनमार्फत हेर्न सकिने अवस्था छ । हुन त उक्त फिचर सेवाप्रदायकले प्रयोगकर्ताको सहजताका लागि उपलब्ध गराएका हुन् । प्रयोगकर्ताले पैसा पठाउँदा आफूले पठाएको पैसा पाउने व्यक्तिलाई नै गइरहेको छ वा छैन भनी यकिन गर्न सहज होस् भन्ने उद्देश्य सेवाप्रदायकको हो ।
प्रयोगकर्ताको सहजताका लागि उपलब्ध गराइएको उक्त फिचर पछिल्लो समय दुरुपयोग हुन थालेको भन्दै टेकपानाले यो विषयमा कलम चलाएको थियो ।
अहिले कुनै निश्चित मोबाइल नम्बर कुन व्यक्तिको नाममा छ भन्ने आधिकारिक जानकारी लिन वालेट एप प्रयोग भइरहेकाे छ । यतिसम्म कि कतिपय अवस्थामा प्रहरी आफैँले पनि वालेटको यो कमजोरीलाई प्रयोग गर्ने गरेको प्रहरी स्रोतले टेकपानालाई जानकारी दिएको थियो । यसरी वालेटहरु व्यक्तिगत जानकारी लिने माध्यम भएको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले वालेट सेवाप्रदायकलाई व्यक्तिगत गोपनीयताका विषयमा कडाइ गर्ने तयारी गरेको हो ।
‘हामीले उक्त विषयमा अध्ययन गर्‍यौं,’ राष्ट्र बैंकका डिजिटल पेमन्ट विभागका प्रमुख भुवन कँडेलले भने, ‘यस्तो खालको प्रचलन विश्वव्यापी नै प्रयोगमा आएको पाइयो । तर, जुन समस्या उठेको छ, त्यो पक्कै पनि गोपनीयताको हिसाबले महत्वपूर्ण हो । हामीले सेवाप्रदायकसँग पनि यो विषयमा छलफल गर्‍यौं । उनीहरूले यो फिचर प्रयोगकर्ताको सहजताको लागि उपलब्ध गराएको बताए ।’
साथै सेवाप्रदायकले यस्तो खालको दुरुपयोग हुनसक्ने विषयलाई लिएर यसअघि नै कदम चालिसकेको पनि पाइयो । कँडेलले भने, ‘कतिपय सेवाप्रदायकलाई कुनै एक जना प्रयोगकर्ताले पाँचपटक भन्दा बढी त्यसरी नम्बरमात्रै परीक्षण गर्न नपाउने व्यवस्था गरेका रहेछन् ।’
यसको अर्थ कुनै प्रयोगकर्ताले पाँच पटकसम्म आफ्नो वालेटमार्फत ‘सेन्ड मनी’ मा गएर सम्पूर्ण विवरण भरी अन्तिममा ‘भेरिफाइ’ मात्रै गरेको पाइएमा त्यस्तो सर्भिस बन्द गर्दै आएको सेवाप्रदायकले जनाएका छन् ।
अब उक्त पाँच पटकलाई घटाएर तीन पटकमा झार्ने योजनामा राष्ट्र बैंक अघि बढेको छ । ‘पाँच पटकलाई अब तीन पटकमा झार्ने गरी छलफल गरेको छौं,’ कँडेलले भने, ‘त्यो हुँदा एउटा प्रयोगकर्ताले बढी तीनपटक त्यो फिचर प्रयोग गर्न पाउँछ । यसपछि उक्त फिचरको दुरुपयोग कम हुने अपेक्षा राष्ट्र बैंकको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एकैचोटी १२ वटा एलियनका जहाज लाइन लागेर उडेको देखियो

सुरुमा भिडियोमा ९ वटा प्रकाशका ढिक्का देखिन्छन् र पछि १२ वटा प्रकाशका ढिक्का उडिरहेका देखिन्छन् ।

अब स्याटलाइटबाट जनगणना गर्ने

चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्कसमेत गर्न सहज हुने रेग्मीले जानकारी दिए।

ट्वीटरको नेतृत्व छाडेर के गर्दैछन् ज्याक डोर्सी ?

उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् जसलाई बुझ्नका लागि कहिलेकाहीँ कठीन हुन्छ तर प्रविधिको दुनियामा उनलाई वास्तवमा एक दूरदर्शी व्यक्तिको रुपमा लिइन्छ ।

उपग्रह के हो? उपग्रहहरूले कसरी काम गर्छन्? तिनीहरूको इतिहास र प्रविधि

पृथ्वी एक उपग्रह हो किनभने यो सूर्य वरिपरि घुम्छ। चन्द्रमा एक उपग्रह हो किनभने यो पृथ्वीको वरिपरि घुम्छ। पृथ्वी र चन्द्रमालाई "प्राकृतिक" उपग्रह भनिन्छ।

बच्चा जन्माउन सक्ने रोबोट !

रोबोटबारे वैज्ञानिकहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । गत वर्ष जीवित रोबोट तयार पारेका वैज्ञानिकको समूहले अब भने रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।

१६ घण्टाको एक वर्ष हुन्छ वैज्ञानिकले फेला पारे अनौठो तातो ग्रह

हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् । अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search