कसरी झुके माधव नेपाल अन्त्यमा ? बानेश्वरको अर्याल होटेलवाट यस्तो घोषणा हुँदै

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकै अप्ठेरोमा परे पछि अब एमालेमै जाने मनस्थितीमा पुगेका छन् । त्यसका लागि आइतवार उनले बानेश्वर स्थित अर्याल होटलमा आफु पक्षका नेताहरुलाई बैठकका लागि बोलाएका छन् । एमाले एकता कायम राख्न दोस्रो पक्षले गरेको पहलका कारण उनी अप्ठेरोमा परेका हुन् ।

देउवा सरकारमा सहभागी हुन आग्रहका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग उनले आफु एमालेमै मिल्न जान लागेको बताएका छन् । मन्त्रालय भागबण्डाबारे छलफल गर्न भन्दै आइतवार उनी कोटेश्वर स्थित नेपाल निवास पुगेका थिए । प्रचण्डलाई नेपालले पार्टी मिल्ने स्थिति बनेकाले सरकारमा जाने सम्भावना नरहेको जवाफ दिएका छन् ।

नेता नेपाललाई भेटेर पार्टीको स्थायी कमिटी बैठकमा पुगेका प्रचण्डले त्यहाँ त्यस्तो ब्रिफिङ्ग गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेकाले केपी ओलीसंग मिल्ने मनस्थितिमा पुगेको बताएका थिए । नेता नेपालको यस्तो कुराले प्रचण्डले बैठकमा अब फेरी मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने अवस्था बनेको पनि बताएका थिए ।

‘उहाँ (माधव) पार्टीमा अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो,आफ्नै समूहका नेताहरुले धोका दिएका कारण केपीसँग मिल्नुपर्ने बाध्यता बनेको देखियो । उहाँले एमालेमै जाने टुंगोमा पुगेको बताउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । नेता नेपालको भनाईवाट प्रचण्डले आइतवार साँझसम्ममा एकताका पक्षमा ठोस निर्णय आउनसक्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार