spot_img

सोमवारदेखि शेयर कारोबार हुने युनियन लाईफ इस्योरेन्सको

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। आइतवार युनियन लाईफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत गराएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११५ दशमलव १३ देखि रू. ३४५ दशमलव ३९ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनील सर्वसाधारणमा रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत अर्थात रू. १ अर्ब ५० करोड ५० लाख बराबरको स्वामित्व कायम रहेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७४/७५ सम्मको रू. ११५ दशमलव १३ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज तोकेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से १.२६ अंकले बढेर तीन हजार ८१ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै आज १२ अर्ब १० करोड ३८ लाख बराबरको कारोबार भएको छ भने ९ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनी, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार