spot_img

डा. गौतम वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।

स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी पाउनु अघि उनी प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक थिए । हाल प्रसूतिको निर्देशकमा डा. संगिता मिश्र रहेकी छन् । डा. गौतमलाई प्रसूतिमा के जिम्मेवारी दिएको छ भन्ने यकिन भइसकेको छैन ।

डा. गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारी बनाइएको मन्त्रालयका प्रवक्ता डा. पौडेले बताए । डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए।

आइतबार वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि उनले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै अस्पतालका कर्मचारीले डा. गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमा नै धर्ना दिइरहेका थिए ।

डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा करोडौंको सामान उपलब्ध गराउन अनैतिक रुपमा टेण्डर दिलाएको आरोप समेत कर्मचारीहरुले लगाइरहेका छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने सार्क क्षयरोग केन्द्रमा डा. रिता जोशीलाई लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार