तत्काल कुनै पनि परीक्षा स्थगन हुँदैन, हल्लाकाे पछि नलागाैँ : स्वास्थ्य राज्यमन्त्री

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्काल कुनै पनि परीक्षा स्थगन नहुने स्पष्ट पारेका छन्। सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगन हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लाने भनाईलाई लिएर परीक्षा स्थगनको हल्ला चलेपछि उनले आफूले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्।

राज्यमन्त्री श्रेष्ठले कोभिडको संक्रमण बढ्दै गएकोले परीक्षार्थीहरुलाई परीक्षा अगावै खोपको ब्यवस्था गर्न मन्त्रालय लागि परेको जनाए। ‘संक्रमण धेरै बढ्दै गएमा शिक्षा मन्त्रालय र सिसिएमसीसँग छलफल गरी बैकल्पिक विधिबाट परीक्षा लिनेबारे प्रस्ताव गर्ने भनेको हुँ,‘ मन्त्री श्रेष्ठले भने, ‘हाल कुनै पनि परीक्षा स्थगन गर्ने निर्णय भएकै छैन।’ उनले थपे, ‘परीक्षा तोकिएकै समय हुन्छ। परीक्षार्थीलाई खोपको ब्यवस्थापन गर्न मन्त्रालय लागि परेको छ।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले हालसम्म कक्षा १२ को कुनै पनि परीक्षामा फेरबदल नभएको स्पष्ट पारेका छन्। ‘कक्षा १२ को परीक्षाको सबै तयारी भएर परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षलाई परीक्षा संचालन र ब्यवस्थापनबारे अभिमुखिकरण समेत गरिएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘परीक्षा स्थगनको हल्लाको पछाडी कोही नलाग्नु।’ उनले थपे, ‘परीक्षाबारे निर्णय लिने अधिकार बोर्ड र विश्वविद्यालयहरुलाई मात्र हुन्छ। मन्त्रिपरिषदकाे निर्णय चाहिन्छ।’ कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने आफू प्रश्नपत्रको तयारीमा जुटेको बताए।

‘नेताहरुले जुलुस, आन्दोलन र भिडभाड गर्न मिल्ने तर बोर्डले परीक्षा केन्द्र तोकेर होमसेन्टरनै बनाएर स्वास्थ्य सुरक्षाको सबै मापदन्ड अपनाएर परीक्षा लिन किन नमिल्ने?,’ उनले प्रश्न गर्दै भने, ‘अब सरकारले सबै परीक्षार्थीहरुलाई खोपको ब्यवस्था गरेर परीक्षामा सहभागी गराउनु पर्छ।’

उनले थपे, ‘कोभिड र अन्तरिक मूल्यांकनको शैक्षिक प्रमाणपत्र विश्वमा कतै विक्दैन। कक्षा १२ भनेको विश्वविद्यालय प्रवेशको मुख्य गेट हो।’ उनका अनुसार यस पटक कक्षा १२ का पौने पाँच लाख विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउँदै छन्। बोर्डले दुर्गमका प्रश्नपत्र ढुवानी गर्ने तयारी गरिरहको छ। सुगममा भने इमेलबाटै परीक्षाकै दिन प्रश्नपत्र पठाइने उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार