प्रचण्डसँग झोक्किए देउवाः दिए राजीनामा नै दिने चेतावनी !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाटै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका शीर्ष नेताद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटेका देउवाले २ दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिने वातावरण नबनाए आफैं राजीनामा दिने चेतावनी दिएको बालुवाटार स्रोतले बताएको हो ।

देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले वार्ताको सुरूमै देउवाको रिसको सामना गर्नुपर्यो । कुराकानीको सुरूवातमै देउवाले आइतबारसम्म मन्त्रीको लिष्ट नदिए आफैंले राजीनामा दिने चेतावनी समेत दिए।

देउवा रिसाउन थालेपछि एकछिन प्रचण्डलाई फकाउन हम्मेहम्मे परेको बताइन्छ । उनले माधव नेपाललाई दोष थुपार्र्दै देउवालाई शान्त बनाउने प्रयास गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘माधव जी को समस्या तपाई हामीले नबुझे कसले बुझ्छ ? उहाँलाई पर्खिन खोज्दा ढिलाई भएको हो ।

मन्त्रीको नाम दिन मलाई कुनै समस्या छैन । कांग्रेस र माओवादीका मन्त्री मात्र समावेश गरेर मन्त्रिमण्डल विस्तार गर्दा राम्रो सन्देश जाँदैन’ प्रचण्डले देउवालाई भने । प्रचण्डले सोमबारसम्म जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने प्रयास गरौं भनेपछि देउवा केही शान्त देखिएका थिए ।

शनिबार साँझ नै देउवाले जसपाका शीर्ष नेताद्धय भट्टराई र यादवलाई बालुवाटार बोलाएर मन्त्री छान्न किन ढिला गरेको भन्दै जङ्गिएका थिए । यादवले मन्त्री छान्न २र ४ दिन लाग्नसक्ने बताएपछि देउवाको रिस पुनः थामिएन । ‘तपाईं नै बन्नुस् प्रधानमन्त्री, तपाईं नै चलाउनुस् सरकार’ भन्दै देउवा पुनः झोक्किए ।

लामो समयसम्म मन्त्रिमण्डल विस्तार हुन नसक्दा बाहिर राम्रो सन्देश नगएको भन्दै देउवाले मुन्टो बटारेपछि भट्टराईले अब ढिलो गर्न हुँदैन भन्दै प्रचण्डले सोमबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गर्न आग्रह गरेको सुनाए । यादवले पनि अन्य दलले मन्त्रीको नाम टुङ्गो लगाए जसपाको कारण मन्त्रीमण्डल विस्तार नरोकिने बताए।

देउवाले आइतबार साँझसम्म जसरी मनि मन्त्री बनाउनुपर्नेहरूको लिष्ट दिन भन्दै सोमबार जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने बताएका थिए । दोधारका बीच सरकारमा सहभागी हुने तयारीमा नेपाल समूह पार्टी एकताको पहल भैरहेको भन्दै सरकारमा सहभागी हुन हिचकिचाएको माधव नेपाल समूह गठबन्धनका नेताहरूको लगातारको आग्रहपछि सरकारमा सहभागी हुने भएको छ । तर उसले पार्टी एकताको सम्भावनालाई पनि कायमै राख्दै गैह्रसांसद्लाई सरकारमा पठाउने भएको छ ।

आफ्ना पार्टी कमिटीमा नभएका तर शुभेक्षा राख्ने आफूनिकटका तीन स्वच्छ व्यक्तित्वलाई सरकारमा सिफारिस गर्ने तयारीमा नेपाल रहेका छन् । केही समयपछि विकसित घटनाक्रमलाई हेरेर थप निर्णय लिने नेता नेपालले बताएको एक स्रोतले जनाएको छ ।

पार्टी फुटे पनि त्यसको अपजस आफ्नो भागमा नपरोस् भन्नका लागि नेपालले यस्तो जुक्ति लगाएको बताइन्छ । नेपाल समूहले तत्काललाई ३ मन्त्रालय मात्र मागेकोले सोहीअनुसार मन्त्रालयको भागवण्डा मिलाइएको छ । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र एक राज्यमन्त्री, माओवादी र जसपाले ६–६ मन्त्री र एक एक राज्यमन्त्री पाउने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार