बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

फेरि लकडाउनको हल्लाले उद्योगी चिन्तित, कोरोना खोप लगाएर व्यवसाय सन्चालन गर्न पाउनुपर्ने माग

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। पहिलो र दोस्रो चरणको लकडाउनले थला परेको अर्थतन्त्रमा सकारात्मक सुधारको आश गरिरहेकै बेला कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएर फेरि लकडाउन हुने हल्ला चलेसँगै उद्यागी व्यवसायी चिन्तामा परेका छन् । उद्योगी, व्यवसायी र मजदुरले कोरोनाविरुद्धको खोपसमेत नपाइरहेका बेला तेस्रो चरणको लकडाउन हुने हल्लाले व्यवसायीहरु चिन्तित भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संगठनहरुले कोरोनाको खोप माग गरिरहेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निजी क्षेत्रले कोरोनाविरुद्धको खोप मागेका थिए । ओलीले प्रधानमन्त्रीबाट हट्नुभन्दा एक दिनअगाडि राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले केही खोप ल्याएको र देशका लागि आवश्यक थप खोप पनि नेपालले ल्याउने प्रक्रियामा रहेको बताएका थिए ।
विश्वासको मत लिने बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथामिकतामा कोरोनाविरुद्धको खोप भएको बताएका थिए । तर उद्योगी, व्यवसायी र मजदुरले अझैसम्म खोप लगाउन पाएका छैनन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनसँगको १६ लाख डोज खोप नयाँ सरकार आएपछि चीनले दिने प्रतिवद्धता गरेको बताए । उनले भने, ‘पहिलेको सरकारले नै पहल गरेको कोरोनाविरुद्धको खोप ल्याउने कामले निरन्तरता पाइरहेको छ । पहिले नै सरकारले चीनसँग किनेको ६० लाख, जापानबाट १६ लाख र भुटान तथा भारतबाट पनि कोरोनको खोप ल्याउन पहल भइरहेको छ । विभिन्न देशले दिने भनेको खोप नेपालले प्राप्त गर्दा चैतसम्ममा सबैलाई खोप लगाइ सकिने छ ।’
कोरोनाको कारणले विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, रात्रिकालीन व्यवासाय र पर्यटन क्षेत्र बन्द छन् । उद्योगधन्दा कलकारखाना, उत्पादनमूलक क्षेत्र र व्यापार समय तोकेर सञ्चालनमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैलाई कोरोनाविरुद्धको खोप लगाएर अर्थतन्त्रलाई चलायमान राख्नुपर्ने बताए ।
गोल्छाले भने, ‘अहिले नेपाल मात्रै होइन विश्व नै कोरोनाले क्रसित छ । नेपालमा कोरोनाविरुद्ध खोप सबैलाई लागाएर देशको अर्थतन्त्र चलायमान बनाउनु पर्छ । कोरोना सुरु भएपछि बन्द भएका उद्योगहरु अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पर्यटनलगायतका केही क्षेत्र उठ्नै गाह्रो भइरहेको छ । सरकारले निजी क्षेत्रलाई प्राथामितामा राखेर खोप दिनु पर्छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाविरुद्धको खोपलाई व्यापक बनाएर लैजानुपर्ने बताए । मल्ले भने, ‘जहाँबाट सजिलै कोरोनाविरुद्धको खोप ल्याउन सकिन्छ, त्यहाँबाट खोप ल्याएर सबैलाई खोप लगाइदिउँ । विश्वमा ठूला अर्थतन्त्र भएका देशले समेत आफ्नो आर्थिक क्रियाकलापलाई चलायमान नै राखेका छन् ।
हामीले कोरोना संक्रमण वृद्धि हुँदै जाँदा स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।’ स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना नगरेका कारण अहिले कोरोना संक्रमण वृद्धि भएको उनको बुझाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधव नेपाल: ओलीले एमालेको मान्यतालाई नारायणी नदीमा तिलाञ्जली दिइसके

अध्यक्ष नेपालले एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गरे। उनले गठबन्धनको सरकारमा सहभागि दलका अघि ओलीको केही नलाग्ने ठोकुवासमेत गरे।

ओली: प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन

पूर्वप्रधानमन्त्री ओलीले क्यान्सरको उपचार कुखुरा मन्साएर नहुने टिप्पणी गरे । उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे ।

चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

बार पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा ओलीले असार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको समेत बताए ।

चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्चिँदैन : बारका प्रतिनिधिलाई ओलीले भने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायपालिका ध्वस्त भएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा बोल्दै अध्यक्ष ओलीले न्यायपालिका अहिले स्वच्छ र निष्पक्ष नरहेको बताएका हुन्।

देउवा र प्रचण्डको कुरा सुन्नु भएन ? तपाईंहरूको महाअभियोग दर्तै हुँदैन : ओलीको प्रश्न

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग नै दर्ता हुन नसक्ने बताएका छन् । महाअभियोगमा सहयोगको याचना गर्दै बालकोट पुगेका बार पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँग ओलीले परमादेशमा सेटिङ गर्नेहरूकै कुरा बाझिएको बताए ।

ओलीसँग बारले माग्यो सहयोग, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन

कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगबाट हटाउन प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोग मागेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search