नभेट्ने आज केपी र माधव

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार हुने भनिएको भेट नहुने भएको छ।

एकताका बारेमा वन-टु-वन छलफल गर्न ओली र नेपाल भेट्ने  लगभग निश्चित भए पनि एकता प्रक्रियाका विभिन्न विषयमा कुरा नमिल्दा नेताद्वयबीच भेट नहुने भएको हो।

माधव पक्षका एक नेताका अनुसार दुई नेताबीच भेट्ने सहमति भए पनि कतिपय विषयमा अझै अस्पष्टता भएका कारण भेट निश्चित नभएको हो। एमालेमा ओली र नेपाल पक्षबीचको विवादका कारण पार्टी एकताको सम्भावना कमजोर हुँदै गएको छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्। नेता नेपालले बुधबारका लागि आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन्।

नेपाल पक्षकी केन्द्रीय सदस्य रचना खड्काले बुधबार बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बोलाएको जानकारी दिइन्।

उनका अनुसार बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ। एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार