प्रचण्ड-नेपाल वार्ता जारी, ओली-नेपाल भेटवार्ताको तयारी चलिरहँदा

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ। कोटेश्वर खरिबोटस्थित माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा बिहान ९ बजेदेखि दाहाल–नेपाल वार्ता चलिरहेको हो।

एमालेको दुवै समूहका नेताहरुले माधव नेपाल र केपी ओलीको भेटवार्ता गराउने प्रयास गरिरहेका बेला दाहाल–नेपालबीच वार्ता चलेकाे हो। प्रचण्डले एमालेकाे माधव समूहलाई सरकारमा ल्याउने कसरत गरिरहेका छन् तर नेता नेपाल त्यसमा सहमत भैसकेका छैनन्।

माधव समूहले सरकारमा जाने नजाने निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन। माधव समूह अनिर्णित हुँदा सत्ता गठबन्धनलाई मन्त्रालय भागबण्डा लगाउन सकस परिरहेको हो। आजै ओली–नेपाल वार्ता हुने दाबी नेताहरुले गरे पनि अहिलेसम्म समय र स्थान निश्चित भएको छैन।

ओलीसँग भेटवार्ता इन्कार गर्दै आएका नेता नेपाल पछिल्लो समय वार्ताका लागि सहमत भएको दाबी नेताहरुले गरिरहेका थिए। नेपालले सोमबार आफूनिकट नेताहरुसँगको छलफलमा सम्मानजनक एकताका लागि तयार रहेको बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार