ओलीसंग वार्तामा बस्दै, यि ४ कारणले माधव नेपाल झुके

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमाले भित्र लामो समय देखि चलेको विवाद अब समाधान उन्मुख देखिएको छ । पार्टी भित्रै संघर्ष गरेर विपक्षी दललाई प्रधानमन्त्री बनाउन भुमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई अब अध्यक्ष केपी शर्मा ओलीसंग नमिली नहुने अवस्था सिर्जना भएको छ । अब केही दिनमै ओली र नेपालबीच अन्तिम वार्ता हुने वातावरण बनेको छ ।

नेपाललाई ओलीसंग मिल्नुपर्ने बाध्यता ४ कारणले देखिएको छ । पार्टी विभाजनका लागि उनकै पक्षका नेताहरु तयार नहुनु । नेपाल र ओली पक्षकै दोस्रो तहका नेताहरु पार्टी एकताका लागि वार्ता र सम्बादमै छन् । दोस्रो कारण नेपाल पक्षका नेताहरुको निर्वाचित पद गुम्ने खतरा । सर्वोच्च अदालतले सोमवार कर्णाली प्रदेशका सांसदहरुको विषयमा गरेको फैसलाले अब विद्रोह गर्ने एमालेका निर्वाचित नेताहरुको पद गुम्ने खतरा बढेको छ ।

पार्टीले गरेको कारवाही अदालतले सदर गरिदिएपछि यस्तो खतरा बढेको हो । भूगोलका कार्यकताएको बैचैनीले पनि नेपाललाई ओलीसंग मिल्नुपर्ने बाध्यता परेको छ । अर्को कारण महाधिवेशनमा टिकट नपाउने सम्भावना पनि बढ्दै गएको छ । पार्टीले कारवाही गरेका नेताहरुको बारेमा अदालतले पनि सोही कुरालाई सदर गरिदिएपछि महाधिवेशनमा टिकट नपाउने सम्भावना पनि बढ्दै गएको छ । यस्ता कारणले नेपाल निकै ठूलो दवावमा परेका छन् ।

दास्रो तहका नेताहरुको दवावका कारण पार्टी विवाद मिलाउनकै लागि नेपाल पक्षको स्थायी कमिटी बैठकले सम्भावित विकल्प खोज्ने निर्णय गरेको छ । साउन १८ मा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले विवाद समाधानको विकल्प खोज्ने निर्णय गरेको हो ।

पार्टीको विवाद समाधान गराउन निरन्तर दबाब खेपिरहेका नेपाल अन्ततः अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा बस्न तयार भएका छन् । स्थायी कमिटी बैठकपछि नेपाल पक्षका नेता रघुजी पन्तले छिट्टै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने बताएका थिए । एमालेका स्थायी कमिटी सदस्य एवं ओली पक्षका नेता सुवास नेम्वाङले पनि ओली र नेपालबीच छिटै वार्ता हुने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार