कुलमान घिसिङलाई भदौ १ गतेपछि प्राधिकरणमा ल्याउने सरकारको तयारी

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखरमा पुगेका कुलमान घिसिङलाई सरकारले फेरि विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनाउने भएको छ।

अहिलेका प्राधिकरणका प्रमुख हितेन्द्रमान शाक्यलाई हटाएर सरकारले पुन घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिन लागेको हो। घिसिङलाई प्राधिकरणमा ल्याउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा तथा सिंचाई मन्त्री पम्झा भुसाललाई बोलाएर आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

मंगलबार देउवाले भुसाललाई बोलाएर भदौ १ गतेपछि नियुक्त गर्ने गरी तयारी अघि बढाउन भनेको स्रोतले जानकारी दियो।

स्रोतले देश सञ्चारसँग भन्यो, ‘भदौ १ गतेपछि उहाँलाई ल्याउने गरी तयारी अघि बढाइएको छ। भदौ १ गते प्राधिकरणको ३६औँ वार्षिक उत्वस हो। र उहाँलाई ओली सरकारले अवकाश दिएको पनि एक वर्ष पूरा हुन्छ।’

विद्युत् व्यवस्थापनमा ख्याति कमाएका घिसिङलाई प्राधिकरणकै जिम्मेवारी दिँदा सरकारको समेत लोकप्रियता बढ्ने आँकलनसहित उनलाई पुनःनियुक्त गर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगको हो।

उनले गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका थिए। त्यति बेलै नागरिक स्तरबाट पुनः नियुक्तका लागि चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेनन्।

उनको अवकाशपछि ओली नेतृत्वको सरकारले सुरुमा शाक्यलाई कायम मुकायमको जिम्मेवारी दिए पनि पछि प्रमुख कार्यकारी बनाएको थियो। शाक्यलाई राजीनामा दिन मन्त्री भुसालले निर्देशन दिइसकेको उर्जा मन्त्रालय स्रोतले जानकारी दियो।

जन समर्थन पाउने विश्वास

यदि शाक्यले राजीनामा नदिए उनलाई प्रष्टीकरण सोधेर कुनै कानुनी छिद्र प्रयोग गरेर अवकाश दिने तयारी मन्त्री भुसालले गरेकी छिन्।

त्यस्तो अवस्थामा शाक्य अदालत गए पनि घिसिङको पक्षमा व्यापक जनसमर्थन र दबाब सिर्जना हुने हुँदा घिसिङको नियुक्ति तलमाथि नहुने सत्ता गठबन्धनको निष्कर्ष छ।

मन्त्री भुसाल निकट स्रोतले भन्यो, ‘शाक्यजी अदालत जानु भयो भने पनि कुनै अप्ठेरो पर्दैन। किनकि घिसिङको पक्षमा व्यापक जनसमर्थन हुने र शाक्यलाई सरकारले वैधानिक रुपमै हटाउँछ।’

घिसिङलाई ल्याउनेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग देउवा र मन्त्री भुसालले समेत कुरा गरिसकेकी छिन्। गत वर्ष नै घिसिङलाई प्राधिकरणमा पुनःनियुक्ति दिन दाहालले ओलीसँग आग्रह गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार