शाक्यलाई बालुवाटार बोलाईयो !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमै बोलाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागिएको छ । स्रोतका अनुसार शाक्यलाई स्पष्टिकरण सोधेर भएपनि उनलाई राजीनामा गराएर त्यो स्थानमा कुलमानलाई ल्याउने तयारी छ ।

मंगलबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवा, ऊर्जामन्त्री पम्फा भुसाल र कार्यकारी निर्देशक शाक्य थिए । सोही बैठकमा उर्जामन्त्री भुसालले मौखिक रुपमा राजीनामा मागेको मन्त्रालय स्रोतले जानकारी दियो ।

“तपाईंको काम प्रभावकारी देखिएन । तपाईंले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्,” ऊर्जामन्त्रीले शाक्यलाई भनेको स्रोतले बतायो । शाक्यले भने तत्काल राजीनामा नगर्ने प्रतिक्रिया दिएका थिए । शाक्यको काम सन्तोषजनक नभएको भन्दै राजीनामा माग गरिएको थियो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले काम गर्न नसकेको भन्दै तत्कालै कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि कुलमान आउने भए भनेर जनताहरु समेत उत्साहित बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार