केपी ओली र माधव नेपालले ‘मुड अफ’ गराएपछि योगेश भट्टराई यतातिर लागे

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। दुइवटा नाउँमा खुट्टा राखेका नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टीको दुवै समूहको प्यारो बन्न खोज्दा अलमलमा परेका छन् । माधवकुमार नेपाल समूहका उनले केपी शर्मा ओलीलाई पनि खुशी पार्न खोज्दा अहिले न त नेपालले पत्याएका छन् न त ओलीले नै ।

ओलीको सरकारमा ठिक १७ महिना पर्यटनमन्त्री भएका उनीसहित केही मन्त्रीले पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि मन्त्रीबाट राजीनामा दिएका थिए । मन्त्री रहुन्जेल ओलीको खुबै चाकडी गरेका थिए । प्रतिनिधिसभा विघटन गरेपछि योगेश नै ओलीको प्रमुख आलोचक भएका थिए । प्रतिनिधिसभा विघटन भएपछि सुरुमा नेपाललाई राम्रो साथ दिएका योगेशले त्यसपछि भने नेपालको पक्षमा अडान लिन सकेनन् । उनी अलिकति नेपालतिर र अलिकति ओलीतिर ढल्केर ‘डबल रोल’ खेल्न थाले ।

काठमाडौं–६ बाट संविधानसभाको २०६४ र २०७० को निर्वाचन हारेका उनी काठमाडौमा केही पार नचलेपछि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बने र निर्वाचन जिते । ताप्लेजुङ उनको जन्मथलो हो । निर्वाचनको बेला ताप्लेजुङ पुगेका ओलीले योगेश राम्रो मान्छे भएको बताएका थिए । उनले जिल्लावासीलाई सम्वोधन गर्दै ‘योगेशलाई जिताएर पठाउनु, म मन्त्री बनाइदिन्छु’ भनेका थिए ।

ओलीले भनेको बचन त पूरा गरे तर त्यसको लागि पनि निकै समय पर्खनुप¥यो योगेशले । योगेश एमाले हुँदा प्रचार विभाग प्रमुख थिए तर नेकपा भइसकेपछि भने उनले ठूलो भूमिका पाएनन् । उनलाई दुवै समूहले पार्टी विवाद मिलाउन गठित कार्यदलमा पनि सदस्य बनाएनन् । यसको अर्थ उनी दुवै समूहको खास मान्छेका रुपमा छनौट भएनन् भन्ने नै हो । योगेशको राजनीतिलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ, उनी जुनसुकै समूहमा लागे पनि पनि अर्को पक्षले पत्याउने सम्भावना कमै छ ।

फुर्सदिला योगेश अहिले हाइकिङमा रमाउन थालेका छन् । उनले पछिल्लो समयमा ललितपुरको लुगु, लामाटारलगायतको ठाउँ घुमेको फोटो फेसबुकमा पोष्ट गरेका छन् । यो क्षेत्र घुम्न सहयोग र समन्वय गरेकामा उनले पर्यटन व्यवसायी रघु पौडेललाई विशेष धन्यवाद दिएका छन् । त्योभन्दा अघिल्लो साता उनी बुढानीलकण्ठ, शिवपुरी, तारेभीर, चुनिखेलजस्ता ठाउँ घुम्न गएका थिए । यो ठाउँ घुम्नको लागि रमेश बरालले समन्वय गरेका थिए ।

मन्त्री हुँदा सुरुमा जनताको पक्षमा काम गर्ने उनले उद्घोष गरे पनि अन्तिममा उनी पनि अरु मन्त्रीकै दाँजोमा मात्र रहे । उनले पनि भन्ने एउटा र गर्ने अर्को रह्यो । योगेशले पनि मन्त्री भएपछि केही गर्न नसकेपछि मानिसहरु समेत निरास भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार