प्रवक्ता राईको राजीनामा (एन्फा विवाद)

नेपाल अनलाइन पत्रिका:

Share Now!


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अखिल फुटबल संघ (एन्फा) मा चल्दै आएको विवादले सोमबार फेरि अर्को मोड लिएको छ। विवादकैबीच एन्फा केन्द्रीय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन्। प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होअब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्।

अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई असन्तुष्ट देखिएका थिए। सोमबार प्रवक्ताबाट राजीनामा दिएलगत्तै राईले एन्फाको तत्काल चुनावको समेत माग गरेका छन्। वर्तमान फुटबलमा देखिएको विवादको समाधान चुनावबाट मात्र सम्भव भएकाले उनले ‘अर्ली’ चुनावको माग गरेको बताएका छन्।

‘एन्फामा देखिँदै आएको विवादको समाधान अहिले हाम्रो हातमा छैन। अहिले चलिरहेको शक्ति संघर्षको समाधान भनेको चाँडोभन्दा चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ’, राईले भने, ‘फुटबलमा पछिल्लो समय जालझेल र षड्यन्त्र उत्कर्षमा पुगेकाले फुटबलको विकासमा नराम्रो असर पुर्‍याउँछ। त्यसैले हामीले हिलो छ्यापाछ्यापलाई अन्त्य गर्नुपर्छ।’

मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरण र उनले वरिष्ठ उपाध्यमाथि लगाएको आरोपले फुटबल विवाद उत्कर्षमा पुगेका बेला राईले संस्थागत धारणा राख्दै आएका थिए। प्रवक्ताबाट राजीनामा दिएपछि उनले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा आपत्ति पनि जनाएका छन्। फुटबलभित्रको विवादको समाधान एन्फाभित्रै खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेर एन्फाले गलत नजिर स्थापित गरेको दाबी गरे।

‘युवा तथा खेलकुद मन्त्रालयलाई छानविनका लागि सिफारिस गर्ने निर्णयमा हाम्रो गल्ती भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम र फुटबलको मर्म अनुसार संघभित्रको समस्या त्यहीँभित्रबाट समाधान खोजिनु पर्छ’, उनले भने, ‘बैठकले तेस्रो व्यक्तिको आह्वान गरेको छ। यसले खराब नजिर स्थापित गरेको छ। संघभित्रको विषय मन्त्रालयले हल गर्न सक्दैन। त्यो फेरि घुमेर एन्फामै आउँछ।’

उनले बैठकमा संघभित्रको समस्याको समाधान आफैले खोजिनुपर्ने र मन्त्रालयलाई गुहार्न नहुने माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूसमेत मुछिएको विषयमा उच्चस्तरीय छानविन गर्नुपर्ने भन्दै मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गराएको राईले दाबी गरे। उनले प्रवक्ताको जिम्मेवारीमा बसेर स्वतन्त्र रुपमा धारणा राख्न नसकिने भएकाले राजीनामा दिएको बताए। ‘प्रवक्ताको जिम्मेवारीमा रहुञ्जेलसम्म मैले आफ्नो धारणा राख्न नपाउने भएँ। नैतिकताको हिसावले पनि संस्थागत धारणा मात्रै राख्नुपर्ने भयो’, राईले भने, ‘आफ्नो व्यक्तिगत धारणा पनि बाहिर ल्याउन सकुँ भनेर प्रवक्ताको पदबाट राजीनामा दिएको हुँ।’

उनले प्रशिक्षकको राजीनामा प्रकरणमा वरिष्ठ उपाध्यक्षमाथि अन्याय भएको दाबी गरे। प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहे पनि मध्यस्तकर्ताको भूमिका निर्वाह भने गरिरहने प्रतिवद्धता उनले जनाएका थिए। एन्फाभित्रको पछिल्लो शक्ति संघर्षको कारण देखाउँदै एन्फा सहमहासचिव बसन्त अर्यालले पनि आइतबार राजीनामा दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार