Viber Community
Nop Ads

देउवा कुलमानलाई प्राधिकरण फर्काउन यसकारण उत्सुक छन्

Viber Community

नेपाल अनलाइन पत्रिका

Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई फर्काउने प्रक्रिया सुरु गर्न उर्जा मन्त्री पम्फा भुषाललाई निर्देशन दिएका छन् । लोडसेडिङ हटाएर जनताको मनमा बास गरेका कुलमान प्राधिकरणमा फर्किने चर्चा मात्रै पनि देशभर सकारात्मक तरंगको सञ्चार गरेको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो कार्यकाल सकिएर गत वर्ष भदौ २९ गते कुलमानले अनिवार्य अवकाश पाएका थिए । त्यतिबेला उनलाई पुनःनियुक्ती गर्न सरकारमाथि चौतर्फी दवाव परेको थियो । तर केपी ओली सरकार उनलाई दोहो¥याउन तयार भएन । उनको ठाउँमा प्राधिकरणकै उप–कार्यकारी निर्देशक ह्रृतेन्द्रदेव शाक्यलाई प्रमुख बनाइयो । यो कदमले सरकार निकै आलोचित बनेको थियो ।
अवकाशपछि फुर्सदमा रहेका कुलमानलाई सरकार परिवर्तनसँगै प्राधिकरणमा फर्किन ढोका खुलेको छ । अहिले उर्जामन्त्रीमा माओवादी केन्द्रकी पम्पा भुुसाल छिन् । कुलमानलाई विगतमा माओवादीकै सरकारले प्राधिकरणमा ल्याएको थियो र उनी अहिले पनि माओवादीसँग निकट मानिन्छ । यसर्थ प्रधानमन्त्रीले ग्रीन सिग्नल दिइसकेपछि मन्त्री भुषाललाई उनलाई प्राधिकरणमा ल्याउन बाटो खुलेको छ ।

देउवाको रणनीति

केपी ओलीको सरकारलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई सुरुमै केही लोकप्रिय निर्णयहरु लिएर आफ्नो विगतको छवि सुधार्न चाहन्थे । ओली सरकारको तीव्र विरोध गरेर सरकारमा आएको हुँदा आफूलाई ओलीभन्दा श्रेष्ठ प्रमाणित गर्नुपर्ने चुनौति उनलाई छ ।
तर, उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा उनलाई ‘ब्याकफायर’ भयो । अब उनले कुलमानलाई अघि सारेर त्यसको क्षतिपूर्ति गर्न खोजेको कतिपयको विश्लेषण छ । यसले आफूलाई ठूलै राजनीतिक लाभ मिल्ने देउवा स्वयम्ले बुझेका छन् ।
विगतमा ४ पटकसम्म प्रधानमन्त्री हुँदा देउवाको रेकर्ड राम्रो भएन । आफ्नो विगतको खराब रेकर्ड सच्याउने अवसर उनलाई छ । कुलमानलाई प्राधिकरणमा ल्याउनु आफ्नो लोकप्रियता उकास्न रामवाण हुने आशामा छन् देउवा । ओलीनिकट मानिने हिमान शाक्य कार्यकारीनिर्देशक हुँदा मन्त्री भुषाललाई उनीसँग ट्यूनिङ मिलाउन सजिलो छैन । तसर्थ उनी स्वयम् पनि कुलमानलाई फर्काउने पक्षमा थिइन् । भुषालले कुलमानलाई प्रस्ताव गर्नु पहिल्यै निर्देशन दिएर देउवाले यसको जस लिन चाहेको देखिन्छ ।
सरकारका आलोचकहरुले चाहिँ कुलमानप्रतिको विशाल जनसमर्थनलाई भजाएर देउवाले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको विश्लेषण गरेका छन् । प्राधिकरणलाई राम्रो बनाउने भन्दा पनि कुलमान देखाएर आफ्नो छवि सुधार्ने चेष्टा मात्रै देउवले राखेको उनीहरुको मत छ । तर, जुन नियतले गरे पनि कुलमान प्राधिकरण फर्किएमा आमजनता खुशी हुने र देउवाले स्यावासी पाउने पक्का छ ।

को हुन् कुलमान ?

जलविद्यूत तथा इलेक्ट्रिकल इन्जिनिरिङ क्षेत्रमा नै मास्टर्स गरेका घिसिङ प्राधिकरणमा सामान्य पदबाट जागिरको सुरुवात गरी प्राधिकरणको निर्देशकसम्म बनेका हुन् ।
प्राधिकरणमा २० वर्षसम्म काम गरेका घिसिङ चिलिमे जलविद्युत आयोजनका प्रवन्ध निर्देशक थिए । २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई नेपाल विद्यूत प्राधिकरणको प्रवन्ध निर्देशकमा नियुक्ती दिएको थियो । त्यसवेला अहिलेका अर्थमन्त्री जनार्दन शर्मा उर्जामन्त्री थिए ।
कार्यकारी निर्देशन नियुक्त भएको दुई महिनामा नै काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएका कुलमानले २०७५ बैशाख ३१ गते नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए । उनले भारतबाट विद्युत आयात गरेरै भए पनि कुनै समय १८ घण्टासम्म भएको लोडसेडिङ हटाउन भुमिका खेलेका थिए ।

कसरी हट्यो लोडसेडिङ ?

लोडसेडिङ मुक्त नेपाल बनाउन कुलमानले विद्युत प्राधिकरणको लोड व्यवस्थापन, विद्यूत चुवहावट तथा चोरी नियन्त्रण, ट्रान्सफर्मरहरुको व्यवस्थापन र अपुग विद्युत भारतबाट आयात गर्नेजस्ता रणनीतिहरु अख्तियार गरे । उनले व्यवस्थापकीय कौशलबाटै लोडसेडिङ अन्त्य भएको बताउने गरेका छन् ।
विद्युत प्राधिकरणमा समस्याग्रस्त भएर थन्किएका कतिपय आयोजनाहरु सम्पन्न गर्न उनले महत्वपुर्ण भुमिका खेलेका थिए । माथिल्लो तामाकोशीको ९० प्रतिशतभन्दा बढी कामसमेत उनकै नेतृत्वमा सम्पन्न भएको थियो ।
कर्मचारीलाई तलव खुवाउन समेत ऋण खोज्नुपर्ने अवस्थामा रहेको प्राधिकरणलाई अब्बल संस्थामा रुपान्तरण गर्न उनको नेतृत्वदायी भुमिका कारण सम्भव भएको बताइन्छ । ३४ अर्ब रुपैयाँ घाटा बोकेर हिँडेको प्राधिकरण उनको कार्याकालमा १४ अर्ब नाफाको अवस्थामा पुगेको थियो । ८०१ मेगावट नेपालको कुल विद्युत उत्पादन रहेकोमा उनले आफ्नो ४ वर्षे कार्याकालमा थप ५०० मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडे ।
कुनै समय २६ प्रतिशतभन्दा बढी विद्युत चुहावट तथा चोरी हुने गरेकोमा उनले यसलाई १४.५ प्रतिशतमा झारेका थिए । प्राधिकरणको नाफा बृद्धि हुनुमा यो मुख्य फ्याक्टर सावित भएको थियो । १ प्रतिशत विद्यूत चुहावट नियन्त्रण गर्दा करिब ७० करोड रुपैयाँले आम्दानी बढ्ने बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।

प्रधानमन्त्री देउबा : विकास र संमृद्धिको नेतृत्व कांग्रेसबाहेक कसैले गर्न सक्दैन

नेपाल कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

ओली झनै आक्रामक फेरि एमाले अध्यक्ष बनेपछि, गठबन्धन नै धरापमा पर्नेगरि राखे यस्तो चट्टानी अडान

एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोधको निकास ताजा जनादेशबाट मात्रै सम्भव भएको बताएका छन् ।

सभापति देउवा : महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर लैजानुपर्ने बताएका छन् ।

नजिकिए सिटौला-देउवा

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्।

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search