Viber Community
Nop Ads

बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बैंक र नगरपालिकाको लापरबाहीका कारण जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् ।
एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको लापरबाहीका कारण नगरभित्रका ४ वडाका ९२० बालबालिकाले आर्थिक वर्ष २०७७÷७८ को पोषण भत्ताको रकम नपाएका हुन् ।
नगरको वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, वडा नम्बर ९ का २१० र वडा नम्बर १० का ३०८ जना बालबालिकाले आर्थिक बर्ष २०७७÷७८ मा पाउनुपर्ने पोषणभत्ताको रकम ४७ लाख रुपैयाँ फ्रिज भएको हो ।
नगरपालिकाले आफ्नो प्रक्रिया पूरा गरेपनि बैंकका कर्माचारीको लापरबाहीका कारण रकम फ्रिज भएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । ‘यसअघि सम्बन्धित वडाले बालबालिकाका अभिभावकलाई नगद बुझाउदै आएका थिए, तर पछिल्लो समय सरकारले अनिवार्य बैंक खातामा भत्ता जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ,’ मेयर घर्तीले भने, ‘असार २७ गते विभागबाट रकम आएको थियो, हामीले २९ गते बैंकहरुलाई दिएका थियौं । अरू बैंकहरूले जम्मा गरे, एनआईसी एशियाले ढिला गर्दा रकम फिर्ता भयो ।’
उनका अनुसार भेरी नगरपालिकाका १३ वडामध्ये वडा नम्बर ४, ८, ९ र १० का को सामाजिक सुरक्षा भत्ताको रकम लिन एनआइसी एसिया बैंकमा खाता खोल्ने व्यवस्था गरिएको छ । बालबालिका भत्ताबाट वञ्चित भएको घटनाको जिम्मा बैंकले लिनुपर्ने मेयर घर्तीले बताए ।
‘बैंकको केन्द्रीय कमाण्डसंग मेरो छलफल भइरहेको छ, उहाँहरुले आफनो कमजोरी स्वीकार्नुभएको छ । र, जसरी पनि भत्ता उपलव्ध गराउने पहल भइरहेको छ’ उनले भने ।
पोषणमा सुधार ल्याउने उद्देश्यले सरकारले कर्णालीमा ५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ता दिदै आएको छ । मासिक ४०० दरले बालबालिकाको एक वर्षको चार हजार ८०० रुपैयाँ पाउनबाट बञ्चित भएका छन् ।
गत असार २९ गते नै चेक काटेर सबै डकुमेन्टसहित रकम जम्माका लागि एनआईसी बैकमा पठाएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिन भित्र नसाटिए त्यो चेक स्वतः रद्द हुने व्यवस्था छ । चेक साट्ने अन्तिम मिति साउन १२ गते सम्म थियो ।
अन्तिम दिनसम्म पनि बैंकलाई ताकेता गर्दा पनि कामै नगरिदिएको मेयर घर्तीले बताए । ‘बैंककै लापरवाहीले गर्दा बालबालिका भत्ता पाउनबाट बञ्चित हुनपुगे,’ उनले भने ।
उता, कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटका प्रमुख नरेश भट्टले भने बालवालिका पोषण भत्ताबाट बञ्चित हुनुमा सम्बन्धित निकाय सबैको गल्ती भएको बताए ।
पञ्जीकरण विभागले असारको अन्तमा नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता पठाउनु, नगरपालिकाले खाताको सुनिश्चितता नगर्नु, बैंकले खाता भए÷नभएको ख्याल नगरी चेक बुझ्नु सबैको गल्ती भएको भट्टले बताए ।
‘२०७७ को साउनबाट बाँड्नुपर्ने भत्ता, २०७८ असारको अन्तमा विभागले पठाएर पनि समस्या भएको हो, नगरपालिकाले पनि रकम बैंकलाई दिँदा खाता उल्लेख गरेर दिनुपर्ने हो,’ उनले भने, ‘यसमा सबै पक्षको गल्ती देखिन्छ ।’
यस सम्बन्धमा एनआइसी एसिया बैंकका केन्द्रीय उपमुख्य सूचना अधिकारी अरुण राई हानियाले भने बैंकको सामान्य प्राविधिक कमजोरी भएको र यस विषयमा नगरपालिकाका मेयर संग आफनो निरन्तर छलफल भइरहेको बताए ।
‘यस विषयमा हामीले हाम्रो तर्फबाट मेयर साब, अर्थमन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयसंग बसेर छलफल गरिरहेका छौं, केही दिनभित्रै समस्या सामाधान हुन्छ,’ हानियाले भने, ‘चेक क्लियरिङमा जान ढिला हुँदा नै यो समस्या आएको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

व्यापार मेलाको तयारी बुटवलमा

उद्योग व्यापार संघ बुटवलले आगामी पुस ८ गतेदेखि औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको छ ।

निजी क्षेत्रको माग: करको नीतिगत र व्यवहारिक कठिनाइलाई तत्काल सरल बनाउन

नेपाल उद्योग वाणिज्य महासंघले कानूनमा उल्लेख भएको व्यवस्था सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले व्यवहारिक कठिनाई भोग्नुु परेको भन्दै करका सम्बन्धमा रहेका कठिनाइहरूलाई तत्काल सरल बनाउँदै लैजानु पर्ने माग राखेका छन् ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

आज सार्वजनिक बिदा तुवाचुङ नगरपालिकामा

बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search