शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

बिमला वली माओवादी केन्द्रमा फर्किइन्,चार दिनसम्म मुख्यमन्त्री निवासमा बन्धक बनाएको दाबी

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्।
साउन १५ गतेदेखि उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन्। आज बुटवलमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै वली माओवादीमै सक्रिय रहेको जानकारी दिएको छ।
वलीले गत साउन १६ देखि २० गतेसम्म आफू मुख्यमन्त्री कार्यालयबाट बाहिर निस्कन नपाएको बताएकी छिन्।
‘मुख्मन्त्री शंकर पोखरेलसँग भेट भई छलफल सुरू भयो। फेरि उही दवाव सुरू भयो नेकपा एमालेमा आउनुपर्‍यो। पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहेँ। साउन १६, १७, १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें,’ उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीनवटा माइनटजस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो। यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छ भनेर सोचेको थिए, तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो। २० गते बिहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरेँ।’
आफू मुख्यमन्त्री निवासको ट्वाइलेटको चप्पल लगाएर माओवादी संसदीय कार्यालय पुगेको पनि उनले बताएकी छन्।
‘पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेँ, जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें। त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिन। आज तपाईं संचारकर्मीहरुमार्फत जनता सामु उपस्थित भएको छु,’ उनले भनिन्।
यसअघि उनी नेकपा एमालेमा क्रियाशील रहेको विज्ञप्ति आएको थियो। तर उनले आफूलाई साउन १८ मा विज्ञप्ति पढ्न नदिई त्यसै जारी गरिएको दाबी गरेकी छन्।
उनी गत निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार भई बिजयी भएकी थिइन्। फागुन २३ मा सर्वोच्चबाट फैसला भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन: अस्तित्वमा आएका थिए।
वली माओवादीमा क्रियाशील हुने भन्दै माओवादी संसदीय दलको बैठकमा भागसमेत लिइसकेकी थिइन्।
हेर्नुस् विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search